कला मनोरञ्जन / साहित्य | नेपाली संगीतका यी चर्चित युवा अनुहार, जसले पाए ‘म्यूजिक खबर युवा प्रतिभा सम्मान’, यो पटक दाबेदारी को ? 

नेपाली संगीतका यी चर्चित युवा अनुहार, जसले पाए ‘म्यूजिक खबर युवा प्रतिभा सम्मान’, यो पटक दाबेदारी को ? 

नेपाली संगीतका यी चर्चित युवा अनुहार, जसले पाए ‘म्यूजिक खबर युवा प्रतिभा सम्मान’, यो पटक दाबेदारी को ? 
8304  पटक हेरिएको

 

काठमाडौँ । नेपाली गीत(संगीत क्षेत्रको प्रवर्द्धनमा विगत १३ वर्षदेखि क्रियाशील मिडिया म्यूजिक खबर (Music Khabar) द्वारा प्रदान गरिने ‘म्यूजिक खबर युवा प्रतिभा संगीत सम्मान’ बाट अहिलेसम्म धेरै चर्चित युवा स्रष्टाहरू सम्मानित भइसकेका छन्। यो सम्मान नेपाली संगीतमा उल्लेखनीय योगदान पुर्‍याउने युवा गायक, संगीतकार र सर्जकहरूलाई वार्षिक रूपमा प्रदान गरिन्छ।

अहिलेसम्म यो सम्मान प्राप्त गर्ने प्रमुख स्रष्टाहरूको सूची:…

गायिका मिना लामा – १२औं संस्करण (२०८१)
गायक तथा सर्जक बैकुण्ठ महत – ११औं संस्करण (२०८०)
गायिका मनिषा पोखरेल – १०औं संस्करण (२०७९)
गायक राजु ढकाल – ९औं संस्करण (२०७८)
गायक नविन पौडेल – ८औं संस्करण (२०७७)
गायिका मल्लिका कार्की – ७औं संस्करण (२०७६)
गीतकार एवं संगीतकार पदम रोकाया – ६औं संस्करण (२०७५)

म्यूजिक खबर म्युजिक अवार्ड को विशेष समारोहबीच प्रदान गरिने यस सम्मानले युवा पुस्तालाई मौलिक र सिर्जनात्मक संगीत क्षेत्रमा लागिरहन निरन्तर ऊर्जा प्रदान गर्दै आएको छ। हाल यस अवार्डको १३औं संस्करणको उत्कृष्ट पाँचको मनोनयन सार्वजनिक भई अन्तिम वितरणको तयारी भइरहेको छ।

यस वर्ष कसलाई सम्मान गर्दा न्यायोचित र उपयुक्त हुन्छ ?..

म्यूजिक खबरले हरेक वर्ष विधागत सन्तुलन मिलाउने गरेको हुनाले यस वर्ष पनि पनि सन्तुलन सहितको निर्णय गर्ने आयोजकले बताएको छ । यस वर्षको ‘म्यूजिक खबर युवा प्रतिभा सम्मान’बाट कुन स्रष्टालाई विभूषित गरिनेछ भन्ने कुराको आधिकारिक घोषणा भने आयोजक समितिले छिट्टै गर्ने बताइएको छ।

तपाईंको विचारमा कसलाई सम्मान गर्दा सबैभन्दा बढी न्यायोचित र उपयुक्त हुन्छ ? कुन स्रष्टालाई सम्मान दिँदा यो वर्षको अवार्डं समारोह अझ उत्कृष्ट होला ? तपाईंको मनमा कुनै योग्य कलाकारको नाम छ भने लेख्नुहोला ।
#musickhabarmusicaward #म्यूजिकखबरम्यूजिकअवार्ड #म्यूजिकखबर #musickhabr #youthsamman

सम्बन्धित खबर

भिडियो