काठमाडौं – १३ औँ म्यूजिकखबर म्युजिक अवार्ड – २०८२ आइतबार सम्पन्न भएको छ । अग्रजलाई सम्मान अनुजलाई प्रोत्साहन भन्ने नारा सहित विगत १३वर्ष अघिदेखि आयोजना हुँदै आएको यस पटकको संस्करणमा गीतसङ्गीतका विभिन्न ३३ विधामा अवार्ड प्रदान गरिएको थियो । गणतन्त्र नेपालका पहिलो उपराष्ट्रपति परमानन्द झाको प्रमुख आतिथ्यमा भएको अवार्ड समारोहमा नेपाली गीत–सङ्गीतको विकासमा अनवरत योगदान पु¥याउँदै आएका साङ्गीतिक क्षेत्रका मूर्धन्य स्रष्टा प्रतिष्ठित सङ्गीतकार संगीतरत्न शम्भूजीत बासकोटालाई ५१ हजार नगद सहित ‘म्यूजिकखबर दीर्घ साधना सम्मान– २०८२’ बाट सम्मानित गरिएको थियो ।
त्यसै गरी गीतकार उन्नति बोहरा शिलालाई ‘म्युजिक खबर शब्द शीला विशिष्ट सम्मान’ गीतकार विजय सिवाकोटीलाई ‘म्यूजिकखबर रजत सङ्गीत सम्मान’ लोकप्रिय गायक शिव परियार र गायिका कालिका रोका मगरलाई ‘म्यूजिकखबर दशक सङ्गीत सम्मान’ तथा गीतकार द्वय पुरुषोत्तम सानु र सुशीला पौडेललाई ‘म्युजिक खबर युवा सङ्गीत सम्मान’ बाट सम्मानित गरियो भने विदेशीभूमी अमेरिकामा बसेर पनि गीत लेखन मार्फत नेपाली साङ्गीतिक क्षेत्रमा योगदान पु¥याउँदै आएकी पुष्पा खनाललाई ‘म्युजिक खबर डायस्पोरा सङ्गीत सम्मान’बाट सम्मानित गरियो । पत्रकार द्वय कुवेर गिरी र गोपीकृष्ण चापागाईँ ‘म्युजिक खबर सङ्गीत पत्रकारिता सम्मान’बाट जनही ५५५५ रुपैयाँ राशि सहित पुरस्कृत भए । त्यसै गरी प्रतिभाशाली बाल कलाकार युनिश घिमिरेलाई ‘म्युजिक खबर बाल प्रतिभा सम्मान’द्वारा सम्मानित गरियो । त्यस्तै प्रवासमा रहेर पनि गायन क्षेत्रलाई आत्मसात् गर्दै नेपाली गीतसङ्गीतमा योगदान पु¥याएवापत गायिका निता आचार्यलाई डायस्पोरा गायन सम्मान प्रदान गरियो । त्यसै गरी गायन तथा सङ्गीत क्षेत्रमा योगदान दिएका डा .रणजित झालाई म्युजिक खबर सङ्गीतकर्मी सम्मान प्रदान गरियो भने प्राविधिक रूपमा पत्रकारिताका माध्यमले योगदान दिएका उदयराज शर्मालाई म्युजिक खबर सञ्चार कर्मी सम्मान प्रदान गरियो ।

अवार्डको निर्णायकमा लोकप्रिय गीतकार लोकराज अधिकारीको संयोजकत्वमा वरिष्ठ गीतकार सङ्गीतकार कस्तुप पन्त र लोकप्रिय गायिका देवी घर्ती लगायत रहेका थिए । विभिन्न कलाकारको संगीतिक प्रस्तुति सहित अवार्ड समारोह आयोजना गरिएको थियो ।
समारोहमा यस पटक गीत सङ्गीत सम्बन्धी विभिन्न ३३ विधामा म्युजिक खबर म्युजिक अवार्ड प्रदान गरियो । यस पटकको म्युजिक खबर म्युजिक अवार्डमा सुगम सङ्गीततर्फ गायक प्रवीण बेडवाल र गायिका सारिका घिमिरे उत्कृष्ट गायक गायिका बन्न सफल भए । गीतकार डम्बर याक्सोले सुगम सङ्गीत सर्वोत्कृष्ट गीतकार घोषित भए भने सर्वोत्कृष्ट सङ्गीतकार को अवार्ड शङ्कर थापा स्माइलले उचाल्न सफल भए । उत्कृष्ट महिला गीतकार सरला श्रेष्ठ भइन् भने उत्कृष्ट डायस्पोरा गीतकारको अवार्ड मनोज खड्काले चुम्न सफल भए । सङ्गीत संयोजकको अवार्ड नरेन्द्र वियोगीले उचाल्न सफल भए । सुगम सङ्गीततर्फ नै म्युजिक भिडियो मोडलको अवार्ड झरना रिसालले चुमिन् भने सुरेश कोह्लीले सर्वोत्कृष्ट सुगम सङ्गीत म्युजिक भिडियो मोडल पुरुषको अवार्ड चुमे । म्युजिक भिडियो छायाँकारको अवार्ड अजय रेग्मीले चुमे भने’ पदम सुवेदीले, सम्पादनको अवार्ड चुमे । राहुल शाहले निर्देशनको अवार्ड, नरेश बिबिसीले ओइ नक्कले गीतबाट उत्कृष्ट ध्वनि सम्पादनको अवार्ड हात पारे ।
युगल गायन तर्फको अवार्ड कर्णराज गिरी र कमला रेग्मीले अवार्ड चुम्न सफल भए भने उत्कृष्ट राष्ट्रिय भावको गीततर्फ सुरेन्द्र खड्काले अवार्ड उचाले । सर्वोत्कृष्ट पप सङ्गीततर्फ सङ्गीतकार को अवार्ड , अर्जुन पोखरेल, सर्वोत्कृष्ट पपगायन पुरुषको अवार्ड रविन श्रेष्ठ, सर्वोत्कृष्ट पपगायन महिला तर्फको अवार्ड आश्रा कुँवरले पाएका थिए । यस्तै चलचित्र तर्फ सुरज पण्डित, र झुमा लिम्बु सर्वोकृष्ट पार्श्व गायक गायिका घोषित भए भने थानेश्वर गौतम सर्वोत्कृष्ट सङ्गीतकार बन्न सफल भए । युवराज काफ्ले सर्वोत्कृष्ट चलचित्र गीतकार बन्न सफल भए ।
लोकदोहोरी तर्फ सर्वोत्कृष्ट लोकदोहोरी गायकको अवार्ड अर्जुन सापकोटाले चुम्न सफल भने लक्ष्मी आचार्यले सर्वोत्कृष्ट लोक दोहरी गायिकाको अवार्ड चुम्न सफल भइन् । भाकातर्फको अवार्ड नवीन परियारले पाउँदा , शब्द प्रसाद लामिछाने , मोडल पल शाह , महिला मोडल नारायणी खत्री , दीप गुरुङ सर्वोत्कृष्ट भिडियो निर्देशक हुन सफल भए । लोकदोहोरी नवप्रतिभातर्फको अवार्ड रेखा पोख्रेल र मनोहर शर्माले चुम्न सफल भए । त्यस्तै सर्वोत्कृष्ट कल्चरल गीत गायिकातर्फ सुशीला गौतमले अवार्ड चुम्न सफल भइन् । त्यसै गरी जुरी अवार्ड गीतकारतर्फ कल्याण श्रेष्ठ , राष्ट्रिय भाव गीतकारतर्फ पारसमणि बराल, क्रिटिक्स अवार्ड पप गायनतर्फ सुनिल उप्रेती , गीतकार आधुनिक केशव भट्टराई, गायक छिरिङ भुटिया र सङ्गीतकार तर्फ बीबी अनुरागीले चुम्न सफल भए ।
अवार्ड समारोहमा कलाकारहरू पल शाह र नारायण खत्री, टीका प्रसाईँ, देवान खनाल, धिरज राई, युनिश घिमिरे लगायतले साङ्गीतिक प्रस्तुति दिएका थिए ।














