कला मनोरञ्जन / साहित्य, पावर न्युज एक्सप्रेस | ‘मिस एण्ड मिसेस नेपाल इन्टरनेशनल वर्ल्ड २०२६ – सिजन २’ को स्यास सेरेमोनी सम्पन्न, ग्राण्ड फिनालेको यात्रा सुरु

‘मिस एण्ड मिसेस नेपाल इन्टरनेशनल वर्ल्ड २०२६ – सिजन २’ को स्यास सेरेमोनी सम्पन्न, ग्राण्ड फिनालेको यात्रा सुरु

‘मिस एण्ड मिसेस नेपाल इन्टरनेशनल वर्ल्ड २०२६ – सिजन २’ को स्यास सेरेमोनी सम्पन्न, ग्राण्ड फिनालेको यात्रा सुरु

काठमाडौं, असार २० – सामरी इन्टरनेशनलको आयोजनामा तथा Bihe Sewa को पावर्डमा सञ्चालन भइरहेको ‘मिस एण्ड मिसेस नेपाल इन्टरनेशनल वर्ल्ड २०२६ – सिजन २’ को स्यास सेरेमोनी भव्य रूपमा सम्पन्न भएको छ। स्यास सेरेमोनीसँगै प्रतियोगिताको ग्राण्ड फिनाले यात्रा औपचारिक रूपमा सुरु भएको आयोजकले जनाएको छ।

नेपालका महिलाहरूको सौन्दर्य, व्यक्तित्व विकास, नेतृत्व क्षमता तथा अन्तर्राष्ट्रिय प्रतिनिधित्वलाई प्रवर्द्धन गर्ने उद्देश्यले आयोजना गरिएको कार्यक्रममा चर्चित सञ्चारकर्मी ऋषि धमला प्रमुख अतिथिका रूपमा सहभागी हुनुभएको थियो। उहाँले आत्मविश्वास, अनुशासन, मेहनत र सकारात्मक सोचले व्यक्तिलाई सफलताको शिखरमा पुर्‍याउने उल्लेख गर्दै प्रतियोगीहरूलाई आफ्नो प्रतिभा र क्षमता उजागर गर्न प्रेरित गर्नुभयो।

कार्यक्रममा सञ्जिता बराल र डेभिल सिंह विशिष्ट अतिथिका रूपमा सहभागी भएका थिए। उनीहरूको उपस्थितिले कार्यक्रमलाई थप गरिमामय बनाएको आयोजकले जनाएको छ।
स्यास सेरेमोनीमार्फत प्रतियोगिताका २० जना अन्तिम प्रतियोगीलाई औपचारिक रूपमा स्यास प्रदान गरिएको छ। अब उनीहरूले व्यक्तित्व विकास, ग्रुमिङ, सार्वजनिक वक्तृत्वकला, क्याटवाक, नेतृत्व विकास, सामाजिक उत्तरदायित्व तथा विभिन्न सिर्जनात्मक गतिविधिमा सहभागिता जनाउँदै बहुप्रतीक्षित ग्राण्ड फिनालेको तयारी गर्नेछन्।

प्रतियोगिताका अन्तिम २० प्रतियोगीमा सामी श्रेष्ठ, कल्पना राई, दुर्गा देवी थापा, कल्पना प्रसाई (कामना), प्रमिला राई, तानिया खान, नुमा फुङ सुब्बा, गीतादेवी अर्याल, तीर्थकुमारी मगर, रचना लोहानी, हिमा कुमारी राजवंशी, रोजी श्रेष्ठ, खुश्बु कुमारी कर्ण, बिपिशा भट्टराई, दीपिका कदमिया, सरिता राई, अस्मिता तामाङ, रोजिना गिरी, गम्भीर गंगा र राधा न्यौपाने ढकाल रहेका छन्।

कार्यक्रमको सफलताका लागि J& Unisex Salon & Cafe, Eticket Nepal, Aventoz, Manisha Mukhiya, Sabrina Dance & Fitness, Niraj Thakur, Sid Wagle, Hari Gopal Pradhan, Rajendra Giri (गुन्दुरुके), Hemraj Adhikari, Reena Shrestha, Gopi Krishna तथा Renu Pun Magar लगायत सम्पूर्ण सहयोगी, अतिथि तथा शुभेच्छुकप्रति आयोजकले आभार व्यक्त गरेको छ।

कार्यक्रमको सञ्चालन भावना चौलागाईंले गर्नुभएको थियो भने प्रतियोगीहरूको प्रशिक्षण तथा स्टेज प्रस्तुतिको जिम्मेवारी कोरियोग्राफर रोजिन शाक्यले निर्वाह गर्नुभएको थियो। सुशिला लामा र रेनुका मगर ड्रेस पार्टनरका रूपमा तथा मण्डला पार्टी प्यालेस, तीनकुने भेन्यु पार्टनरका रूपमा सहकार्य गरेका थिए। Artist Khabar र Power News Express आधिकारिक मिडिया पार्टनर रहेका थिए।

आयोजक सामरी इन्टरनेशनलका अनुसार ‘मिस एण्ड मिसेस नेपाल इन्टरनेशनल वर्ल्ड’ नेपालका महिलाहरूको प्रतिभा, आत्मविश्वास र नेतृत्व क्षमतालाई अन्तर्राष्ट्रिय मञ्चसम्म पुर्‍याउने उद्देश्यले सञ्चालन भइरहेको प्रतिष्ठित प्लेटफर्म हो। प्रतियोगिताको ग्राण्ड फिनालेमा विभिन्न चरणका मूल्याङ्कनपछि विजेताहरूले अन्तर्राष्ट्रिय स्तरमा नेपालको प्रतिनिधित्व गर्ने अवसर प्राप्त गर्नेछन्।

स्यास सेरेमोनी सम्पन्न भएसँगै प्रतियोगीहरूको औपचारिक प्रशिक्षण तथा विभिन्न प्रतिस्पर्धात्मक गतिविधि सुरु भएका छन्। आयोजकले आगामी ग्राण्ड फिनालेलाई अझ भव्य, व्यवस्थित र अन्तर्राष्ट्रिय स्तरको बनाउन आवश्यक तयारीलाई तीव्रता दिएको जनाएको छ।

सम्बन्धित खबर

भिडियो