काठमाडौं राजन थापा। नेपाल सरकारका विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्री, राष्ट्रिय आविष्कारक तथा समाजसेवी महावीर पुन दन्त उपचारका लागि चाबहिलस्थित ॐ समाज डेन्टल हस्पिटल पुग्नुभएको छ।

देशका लागि विज्ञान, प्रविधि र नवप्रवर्तनको क्षेत्रमा निरन्तर योगदान दिँदै आउनुभएका महावीर पुनज्यूले उपचारका लागि ॐ समाज डेन्टल हस्पिटल रोज्नु अस्पताल परिवारका लागि गर्व र प्रेरणाको विषय बनेको छ।
यस अवसरमा ॐ समाज डेन्टल हस्पिटलका अध्यक्ष तथा वरिष्ठ ओरल एन्ड म्याक्सिलोफेसियल सर्जन डा. सुवास घिमिरेले भन्नुभयो, “हामीका लागि कुनै पनि बिरामी ठूलो वा सानो हुँदैन। प्रत्येक बिरामीको विश्वास नै हाम्रो सबैभन्दा ठूलो पुरस्कार हो। माननीय महावीर पुनज्यूले हामीमाथि देखाउनुभएको विश्वासले अझ जिम्मेवार, गुणस्तरीय र सेवामुखी स्वास्थ्य सेवा प्रदान गर्ने प्रेरणा दिएको छ।”
डा. घिमिरेका अनुसार अस्पतालको मुख्य उद्देश्य अत्याधुनिक प्रविधिसहित सबै नागरिकलाई सहज, भरपर्दो र गुणस्तरीय दन्त सेवा उपलब्ध गराउनु हो। यही सेवाभावका कारण देश–विदेशका धेरै सेवाग्राहीले ॐ समाज डेन्टल हस्पिटलप्रति विश्वास व्यक्त गर्दै आएका छन्।
महावीर पुनज्यूको आगमनले एउटा सन्देश दिएको छ—विश्वास पद वा प्रतिष्ठाले होइन, सेवा, समर्पण र इमानदारीले जितिन्छ।














