कला मनोरञ्जन / साहित्य | कलम र संगीतको नाताः ‘म्यूजिक खबर संगीत पत्रकारिता सम्मान’को १३ वर्षे नालीबेली, अब १३ औं संस्करणमा कसको पालो ? 

कलम र संगीतको नाताः ‘म्यूजिक खबर संगीत पत्रकारिता सम्मान’को १३ वर्षे नालीबेली, अब १३ औं संस्करणमा कसको पालो ? 

कलम र संगीतको नाताः ‘म्यूजिक खबर संगीत पत्रकारिता सम्मान’को १३ वर्षे नालीबेली, अब १३ औं संस्करणमा कसको पालो ? 
5478  पटक हेरिएको

 

काठमाडौं । नेपाली गीत–संगीत क्षेत्र ‘म्यूजिक खबर म्यूजिक अवार्ड’ को रौनकताले छाएको छ। विगत १३ वर्षदेखि निरन्तर नेपाली कला, सङ्गीत र श्रष्टाको प्रवर्द्धन गर्दै आएको यस अवार्डको १३ औं संस्करणको उत्कृष्ट पाँच मनोनयन भर्खरै सार्वजनिक भइसकेको छ।

अवार्ड समारोहको चर्चा चुलिँदै गर्दा, नेपाली गीत(संगीतको विकासमा आफ्नो कलम र सञ्चार माध्यममार्फत अतुलनीय योगदान पुर्‍याउने रङ्ग पत्रकार तथा सञ्चारकर्मीहरूलाई प्रदान गरिने राशी सहितको ‘म्यूजिक खबर संगीत पत्रकारिता सम्मान’ यस वर्ष कसले पाउला भन्ने कौतुहलता सबैमा जागेको छ।

१३ औं संस्करणको महासङ्ग्रामको संघारमा रहँदा, हालसम्म यस ऐतिहासिक मञ्चबाट सांगीतिक पत्रकारिता र सञ्चार विधामा सम्मानित भएका मुख्य हस्तीहरूको गौरवमय सूची यस प्रकार रहेको छः …✍️👇️

३औं संस्करणः तुलसी गिरी ‘भावुक’ (म्युजिक डायरी मासिक)
४ औं संस्करणः सञ्चारकर्मी कृष्ण भट्टराई, (कान्तिपुर साप्ताहिक)
५ औं संस्करणः रमण घिमिरे बरिष्ठ पत्रकार (स्वतन्त्र)
६ औं संस्करणः नवराज लम्साल बरिष्ठ पत्रकार (रेडियो नेपाल)
७ औं संस्करणः क्रियाशील पत्रकार गीता अधिकारी (फिल्मी खबर साप्ताहिक)
८ औं संस्करणः वरिष्ठ रंग पत्रकार विजयरत्न तुलाधर
९ औं संस्करणः वरिष्ठ रङ्ग पत्रकार विदुर गिरी (समाचार सम्पादक, नेपाल समाचारपत्र)।
-१० औं संस्करणः वरिष्ठ पत्रकारद्वय सानुकाजी श्रेष्ठ र चन्द्रमणी गौतम (रेडियो काठमामाण्डु ९२.१)
-११ औं संस्करणः वरिष्ठ रङ्ग पत्रकार डब्बु क्षेत्री (राजधानी दैनिक) र सुदर्शन प्रसाद आचार्य (स्वतन्त्र पत्रकार)
-१२ औं संस्करणः रङ्ग पत्रकार एमपी सुब्बा (दृष्टि साप्ताहिक) र सञ्चारकर्मी दिपाञ्जली शाह (कान्तिपुर ग्रुप) लाई संयुक्त रूपमा अर्पण गरियो।

१२ औं संस्करणमा नै फोटो पत्रकारिताका माध्यमले लामो समय योगदान पू¥याएका प्रदिपराज वन्तलाई पनि सम्मानित गरिएको थियो ।

८ औं संस्करणमा विधागत रूपमा मोफसलमा रहेर रंग पत्रकारितामा योगदान पुर्‍याएबापत पत्रकार मणिराज गौतम लाई ‘म्यूजिक खबर मोफसल पत्रकारिता सम्मान’ अर्पण गरिएको थियो।
यसैगरि बिराटनगरमा आयोजना भएको ७ औं संस्करणमा मोफसल (बिराटनगर)कै न्यु सृष्टी दैनिककी जिना कार्कीलाई ‘म्यूजिक खबर युवा पत्रकारिता सम्मान’ अर्पण गरिएको थियो ।

यस वर्ष कसलाई सम्मान गर्दा न्यायोचित र उपयुक्त हुन्छ ?…✍️👇️

म्यूजिक खबरले हरेक वर्ष सम्मानमा सन्तुलन मिलाउने गरेको हुनाले यस वर्ष पनि पनि सन्तुलन सहितको निर्णय गर्ने आयोजकले बताएको छ । यस वर्षको ‘म्यूजिक खबर संगीत पत्रकारिता सम्मान’बाट कुन रङ्ग पत्रकारलाई अर्पण गरिनेछ भन्ने कुराको आधिकारिक घोषणा भने आयोजक समितिले छिट्टै गर्ने बताइएको छ।

तपाईंको विचारमा कसलाई सम्मान गर्दा सबैभन्दा बढी न्यायोचित र उपयुक्त हुन्छ ? कुन स्रष्टालाई सम्मान दिँदा यो वर्षको अवार्डं समारोह अझ उत्कृष्ट होला ? तपाईंको मनमा कुनै योग्य रङ्ग पत्रकारको नाम छ भने लेख्नुहोला ।

#musickhabarmusicaward #म्यूजिकखबरम्यूजिकअवार्ड #म्यूजिकखबर #musickhabr #संगीतपत्रकारिता #रङ्गपत्रकार

सम्बन्धित खबर

भिडियो