काभ्रे। युवा व्यवसायी, समाजसेवी एवं सञ्चारकर्मी तथा लायन्स इन्टरनेशनल डिष्ट्रिक्ट ३२५ आई नेपालका डिष्ट्रिक्ट डिपार्टमेन्ट चिफ लायन नवराज अधिकारीले आफ्नो जन्मदिन मानव सेवामा समर्पित गर्दै मानव कल्याण समाज बाल सेवा घरका बालबालिकालाई भोजन गराई मनाउनुभएको छ।

लायन्स क्लब अफ काठमाडौं इन्द्रेस्वोरको आयोजनामा सम्पन्न उक्त कार्यक्रममा बालबालिकालाई भोजन गराइनुका साथै लायन नवराज अधिकारीबाट रु. ११,१११/- (एघार हजार एक सय एघार रुपैयाँ) नगद सहयोगसमेत प्रदान गरिएको थियो।
कार्यक्रममा प्रमुख अतिथिका रूपमा माननीय शान्ति मोदी थारु, थारु आयोग सदस्य ओन्सरी कुँवर, सञ्चारकर्मी तथा समाजसेवी व्यक्तित्वहरूको गरिमामय उपस्थिति रहेको थियो।
त्यसैगरी लायन्स क्लब अफ काठमाडौं इन्द्रेस्वोरका जोन चेयरपर्सन लायन भेषराज अर्याल, क्लब अध्यक्ष नन्दलालश्रेष्ठ , उपाध्यक्ष अप्सरा सत्याल, सचिव सुवाङ ढुंगाना, कोषाध्यक्ष उर्मिला ढुंगाना तथा सदस्यहरू अञ्जु श्रेष्ठ, पदमकला बोहोरा, हरिबोल अधिकारी गुडराज श्रेष्ठ लगायत अन्य लायन्स सदस्यहरूको उल्लेखनीय सहभागिता रहेको थियो।
सहभागीहरूले जन्मदिनलाई व्यक्तिगत उत्सवमा सीमित नराखी समाजका बालबालिकासँग खुशी साट्ने तथा सेवामूलक कार्यमार्फत मनाउने लायन नवराज अधिकारीको कार्यको प्रशंसा गरेका थिए। कार्यक्रम सौहार्दपूर्ण वातावरणमा सम्पन्न भएको थियो।
“We Serve” को भावना अनुरूप गरिएको यस सेवामूलक कार्यले ‘Sharing by Caring’ को सन्देशलाई थप सार्थक बनाएको सहभागीहरूको भनाइ रहेको थियो।














