समाचार, स्थानीय | 'मुटु साटियो'ले चर्चा बटुल्दै

‘मुटु साटियो’ले चर्चा बटुल्दै

‘मुटु साटियो’ले चर्चा बटुल्दै
23014  पटक हेरिएको

–शरण हुमागाईं
काठमाडौं/लोकप्रिय गायिका एवं चर्चित मोडल करुणा राईकोे आवाजमा रहेको अर्को गीतले यति बेला संगीतको बजार तताईरहेको छ । जस्तो सुकै गीतलाई पनि उत्तिकै न्याय दिएर गाउन र अभिनय गर्न सक्ने गायिका राईको पछिल्लो पटक बजारमा आएको गीत हो ‘मुटु साटियो’ । राज संघर्षको शव्द सृजना, विरेन्द्र झाको संगीत अनि हरुण रसिदको एरेन्जमा करुणा राई र विरेन्द्र झा को आवाजमा तयार भएको यो गीतमा करुणा राई र विजय पुनको अभिनय रहेको छ । माया प्रेमको संयोगान्त काहानी रहेको गीतमा समिर थोकरको निर्देशन, श्रृगार विक्रम गौतम, छांयाकन रामकृष्ण चौलागाईं र सम्पादन विरबहादुर थारुको रहेको छ । करुणा राई अफिसियल युट्युव च्यानलबाट गीत सार्वजनिक गरिएको छ ।
हेर्नुहोस पूरा भिडियो…

सम्बन्धित खबर

भिडियो