पावर न्युज एक्सप्रेस, समाचार | मिस एण्ड मिसेस नेपाल इन्टरनेशनल वर्ल्ड २०२६ का प्रतियोगीलाई डा. ज्योति शाहद्वारा स्वास्थ्य तथा केयरगिभिङ सम्बन्धी विशेष अभिमुखीकरण

मिस एण्ड मिसेस नेपाल इन्टरनेशनल वर्ल्ड २०२६ का प्रतियोगीलाई डा. ज्योति शाहद्वारा स्वास्थ्य तथा केयरगिभिङ सम्बन्धी विशेष अभिमुखीकरण

मिस एण्ड मिसेस नेपाल इन्टरनेशनल वर्ल्ड २०२६ का प्रतियोगीलाई डा. ज्योति शाहद्वारा स्वास्थ्य तथा केयरगिभिङ सम्बन्धी विशेष अभिमुखीकरण
35236  पटक हेरिएको

 

काठमाडौं। Bihe Sewa द्वारा पावर्ड मिस एण्ड मिसेस नेपाल इन्टरनेशनल वर्ल्ड २०२६ – सिजन २ अन्तर्गत प्रतियोगीहरूका लागि Nirvan Caregiver की कार्यकारी प्रमुख, आयुर्वेद चिकित्सक तथा उद्यमी डा. ज्योति शाहद्वारा विशेष स्वास्थ्य तथा केयरगिभिङ अभिमुखीकरण कार्यक्रम सञ्चालन गरिएको छ।

कार्यक्रममा डा. शाहले स्वस्थ जीवनशैली, आयुर्वेदको महत्व, मानसिक तथा शारीरिक सन्तुलन, पोषण, आत्महेरचाह (Self Care) र केयरगिभिङको भूमिकाबारे प्रेरणादायी प्रशिक्षण दिनुभयो। उहाँले सौन्दर्य केवल बाह्य व्यक्तित्वमा सीमित नभई स्वस्थ शरीर, सकारात्मक सोच र अनुशासित जीवनशैलीबाट वास्तविक आत्मविश्वास विकास हुने धारणा व्यक्त गर्नुभयो।

उहाँले प्रतियोगीहरूलाई दैनिक जीवनमा अपनाउन सकिने सरल स्वास्थ्य अभ्यास, प्राकृतिक उपचारका आधारभूत सिद्धान्त तथा आफ्नो स्वास्थ्यसँगै परिवार र समाजप्रति जिम्मेवार हेरचाहको संस्कार विकास गर्नुपर्ने विषयमा पनि जानकारी दिनुभयो।

Nirvan Caregiver स्वास्थ्य सेवा तथा केयरगिभिङ क्षेत्रमा समर्पित संस्थाका रूपमा बिरामी, ज्येष्ठ नागरिक तथा विशेष हेरचाह आवश्यक पर्ने व्यक्तिहरूलाई गुणस्तरीय सेवा प्रदान गर्दै आएको छ। संस्थाले स्वास्थ्य चेतना अभिवृद्धि, सीपमूलक तालिम तथा रोजगारी सिर्जनामा पनि महत्वपूर्ण योगदान पुर्‍याउँदै आएको छ।

आयोजक सामरी इन्टरनेशनलले प्रतियोगितालाई केवल सौन्दर्य प्रतिस्पर्धामा सीमित नराखी स्वास्थ्य, व्यक्तित्व विकास, नेतृत्व, सामाजिक उत्तरदायित्व र जीवन उपयोगी ज्ञानसँग जोड्ने उद्देश्यले यस्ता प्रशिक्षण कार्यक्रमहरू सञ्चालन गरिएको जनाएको छ।

प्रतियोगीहरूले पनि डा. ज्योति शाहको अन्तरक्रियात्मक प्रशिक्षणलाई अत्यन्त उपयोगी, प्रेरणादायी र जीवनोपयोगी अनुभवका रूपमा लिँदै आगामी दिनमा सिकेका कुराहरू व्यवहारमा उतार्ने प्रतिबद्धता व्यक्त गरेका छन्।

सम्बन्धित खबर

भिडियो