खेलकुद | प्याब्सन बनेपाको शानदार प्रदर्शन, मैत्रीपूर्ण फुटसलमा प्याब्सन पनौती पराजित

प्याब्सन बनेपाको शानदार प्रदर्शन, मैत्रीपूर्ण फुटसलमा प्याब्सन पनौती पराजित

प्याब्सन बनेपाको शानदार प्रदर्शन, मैत्रीपूर्ण फुटसलमा प्याब्सन पनौती पराजित
10364  पटक हेरिएको

 

बनेपा। निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन नेपाल (प्याब्सन) बनेपा र प्याब्सन पनौतीबीच मैत्रीपूर्ण फुटसल प्रतियोगिता सम्पन्न भएको छ। खेलमा उत्कृष्ट प्रदर्शन गर्दै प्याब्सन बनेपाले प्याब्सन पनौतीलाई १२–३ गोलको फराकिलो अन्तरले पराजित गरेको हो।

एसआर फुटसल (SR Futsal) मा आयोजित प्रतियोगिताको प्रमुख अतिथि प्याब्सन केन्द्रीय समितिका उपमहासचिव भिमसेन के.सी. रहनुभएको थियो। उहाँले खेलकुदले प्रतिस्पर्धासँगै आपसी सद्भाव, सहकार्य र भाइचाराको भावना विकास गर्न महत्वपूर्ण भूमिका खेल्ने बताउनुभयो।

मैत्रीपूर्ण प्रतिस्पर्धाका रूपमा आयोजना गरिएको उक्त खेलले प्याब्सन बनेपा र प्याब्सन पनौतीबीचको सम्बन्धलाई अझ प्रगाढ बनाउनुका साथै विद्यालय समुदायबीच सहकार्य, एकता र पारस्परिक विश्वासलाई थप मजबुत बनाएको आयोजकले जनाएको छ।

प्रतियोगिताभर दुवै टोलीले उत्साहजनक खेल प्रदर्शन गरे पनि प्याब्सन बनेपाले आक्रामक खेलशैली प्रस्तुत गर्दै १२–३ को प्रभावशाली जित दर्ता गर्न सफल भएको थियो।

आयोजकका अनुसार यस्ता मैत्रीपूर्ण खेलकुद गतिविधिले शिक्षा क्षेत्रसँग आबद्ध व्यक्तिहरूबीच आपसी सम्बन्ध विस्तार, अनुभव आदानप्रदान तथा स्वस्थ जीवनशैलीको प्रवर्द्धनमा समेत सकारात्मक योगदान पुग्ने विश्वास लिइएको छ।

सम्बन्धित खबर

भिडियो