काठमाडौं – पोर्चुगलको अप्रत्याशित बराबरीले विश्वकपको नकआउट समीकरण नै फेरिएको छ। फुटबल समर्थकहरूले निकै प्रतीक्षा गरेको लियोनेल मेस्सी र क्रिस्टियानो रोनाल्डोबीचको सम्भावित क्वार्टरफाइनल भिडन्त अब हुन नसक्ने भएको छ।

नयाँ ड्र (Bracket) अनुसार, फुटबलका यी दुई महान् खेलाडी अब केवल विश्वकप फाइनलमा मात्र आमनेसामने हुन सक्छन्। यसले विश्वभरका फुटबल प्रेमीहरूमा नयाँ उत्साह र प्रतीक्षा थपेको छ।
अब सबैको एउटै प्रश्न छ– के विश्व फुटबलले इतिहासकै सबैभन्दा ठूलो ‘मेस्सी Vs रोनाल्डो’ फाइनल देख्न पाउनेछ?














