समाचार | शेफ एसोसिएसन नेपालद्वारा मिस एण्ड मिसेस नेपाल इन्टरनेशनल वर्ल्ड २०२६ का प्रतियोगीहरूलाई खाद्य सुरक्षा तथा स्वच्छता सम्बन्धी विशेष प्रशिक्षण

शेफ एसोसिएसन नेपालद्वारा मिस एण्ड मिसेस नेपाल इन्टरनेशनल वर्ल्ड २०२६ का प्रतियोगीहरूलाई खाद्य सुरक्षा तथा स्वच्छता सम्बन्धी विशेष प्रशिक्षण

शेफ एसोसिएसन नेपालद्वारा मिस एण्ड मिसेस नेपाल इन्टरनेशनल वर्ल्ड २०२६ का प्रतियोगीहरूलाई खाद्य सुरक्षा तथा स्वच्छता सम्बन्धी विशेष प्रशिक्षण
5619  पटक हेरिएको

काठमाडौं। सामरी इन्टरनेशनल इभेन्ट प्रा. लि. द्वारा आयोजना गरिएको Miss & Mrs Nepal International World 2026 – Season 2, Powered by Bihe Sewa अन्तर्गत प्रतियोगीहरूका लागि Chef Association of Nepal को सहकार्यमा Food Safety & Hygiene विषयक विशेष प्रशिक्षण कार्यक्रम भव्य रूपमा सम्पन्न भएको छ।

सौन्दर्य प्रतियोगितालाई केवल ताजको प्रतिस्पर्धामा सीमित नराखी प्रतियोगीहरूलाई स्वस्थ जीवनशैली, खाद्य सुरक्षा, व्यक्तिगत सरसफाइ, आतिथ्य सेवा (Hospitality) तथा व्यावसायिक दक्षता सम्बन्धी व्यवहारिक ज्ञान प्रदान गर्ने उद्देश्यले सञ्चालन गरिएको उक्त प्रशिक्षण अत्यन्त प्रभावकारी र उपलब्धिमूलक बनेको थियो।

कार्यक्रममा Chef Association of Nepal का अध्यक्ष Chef Padam Ale Magar Thapa को नेतृत्वमा नेपालका अनुभवी तथा प्रतिष्ठित शेफहरूको उल्लेखनीय सहभागिता रहेको थियो। प्रशिक्षण कार्यक्रममा Chef Surya Kiran Shrestha ले Food Safety & Hygiene सम्बन्धी विशेष कक्षा सञ्चालन गर्दै सुरक्षित खाद्य तयारी, व्यक्तिगत सरसफाइ, खाद्यजन्य रोगबाट बच्ने उपाय तथा अन्तर्राष्ट्रिय खाद्य सुरक्षा मापदण्डबारे व्यवहारिक तथा व्यावसायिक प्रशिक्षण प्रदान गर्नुभएको थियो।

यस अवसरमा Chef Gobinda Narshingha KC, Chef Puspa Thapa Magar, Chef Ratna Bahadur Thapa, Chef Prem Thapa Magar, Chef Bikram “Vicks” Giri लगायतका वरिष्ठ शेफहरूको प्रेरणादायी उपस्थिति रहेको थियो। साथै कार्यक्रमलाई सफल बनाउन Chef Resham Kumar Lama Tamang ले विशेष सहयोग प्रदान गर्नुभएको थियो।

यस अवसरमा सामरी इन्टरनेशनल इभेन्ट प्रा. लि. का अध्यक्ष तथा कार्यक्रम संयोजक भरत सामरी ले भन्नुभयो,

“हाम्रो उद्देश्य केवल ताज जिताउने होइन, सक्षम, आत्मविश्वासी र व्यावसायिक रूपमा दक्ष व्यक्तित्व निर्माण गर्नु हो। Chef Association of Nepal सँगको सहकार्यले प्रतियोगीहरूलाई जीवनभर उपयोगी हुने ज्ञान, अनुशासन र अन्तर्राष्ट्रिय स्तरको Hospitality संस्कृतिबारे सिक्ने उत्कृष्ट अवसर प्रदान गरेको छ।”

प्रशिक्षण कार्यक्रममा सहभागी प्रतियोगीहरूले Food Safety & Hygiene सम्बन्धी अन्तर्राष्ट्रिय मापदण्ड, सुरक्षित खाद्य व्यवस्थापन, व्यक्तिगत सरसफाइ तथा व्यावसायिक आतिथ्य सेवाबारे व्यवहारिक ज्ञान प्राप्त गरेका थिए। आयोजकका अनुसार यस्ता प्रशिक्षणले प्रतियोगीहरूको व्यक्तित्व विकाससँगै भविष्यको करियर निर्माणमा समेत महत्वपूर्ण योगदान पुर्‍याउने विश्वास लिइएको छ।

कार्यक्रमको समापनमा Chef Association of Nepal का अध्यक्ष Chef Padam Ale Magar Thapa तथा सम्पूर्ण प्रशिक्षक टोलीप्रति गुणस्तरीय प्रशिक्षण, अमूल्य समय र निरन्तर सहयोगका लागि Samari International Event Pvt. Ltd. तथा Miss & Mrs Nepal International World 2026 परिवारले हार्दिक धन्यवाद तथा आभार व्यक्त गरेको छ।

कार्यक्रम विवरण

कार्यक्रम: Miss & Mrs Nepal International World 2026 – Season 2
Powered By: Bihe Sewa
Organized By: Samari International Event Pvt. Ltd.
Official Training Partner: Chef Association of Nepal

सम्बन्धित खबर

भिडियो