पावर न्युज एक्सप्रेस, समाचार | साइनिङका विद्यार्थीहरुकाे बेल्ट टेष्ट सम्पन्न

साइनिङका विद्यार्थीहरुकाे बेल्ट टेष्ट सम्पन्न

साइनिङका विद्यार्थीहरुकाे बेल्ट टेष्ट सम्पन्न
27402  पटक हेरिएको

 

साउन ३ गते आइतबार
भक्तपुर, चाँगुनारायण नगरपालिका वडा न. ५ का वडा सदस्य प्रभुराम थापाकाे प्रमुख आतिथ्यतामा साइनिङ स्कूलमा Belt Test (Belt Groding) कार्यक्रम सम्पन्न भयाे ।

साइनिङः इङ्ग‌लिस सेकण्डरी स्कूलमा विद्यार्थी भाइ‌बहिनीहरुको Belt promotion कार्यक्रममा विद्यालय सञ्चालक समितिका अध्यक्ष विक्रम ढुकुछुको अध्यक्षतामा सम्पन्न कार्यक्रममा प्रमुख अतिथि थापालेे चाँगुनारायण नगरपालिकामा रहेका विभिन्न खेल हरूलाई आफ्नो वडाले सक्दो सहयोग गर्दै जाने र अनुशासित भई अगाडि बढ्नको लागि खेलकुदले मद्दत पुर्याउने कुरा राख्नुभयो । थापाले खेलकुदमा आफ्नो ठाउँबाट सक्ने सहयोग गर्ने प्रतिबद्धता पनि जाहेर गर्नुभएको थियो ।

नेपाल ब्रान्च प्रमुखले अशोक कुमार श्रेष्ठले sports for. Health, sports for Nation भन्ने नारासाथ बालबालिकाहरुका निम्ति खेल आफ्नो Self defense को लागि पनि खेल अति आवश्यक रहेको कुरा प्रस्ट पार्नुभयो । श्रेष्ठले विद्यार्थी भाइबहिनीहरूको सर्वाधिक विकासको लागि खेलकुद आवश्यक रहेको पढाइका साथसाथै विद्यार्थीहरूलाई खेलकुदमा पनि लानुपर्ने कुरामा जोड दिनुभयो ।

कार्यक्रममा साइनिङ इङ्गलिश सेकेण्डरी स्कूलका करातें प्रशिक्षक राज कुमार तमाङ्‌गले खेलकुद गर्दा व्यक्तिको तन मन र दिमाग स्वच्छ र सन्तुलित रहने हुनाले यसको अतुलनीय महत्व रहेको कुरा प्रष्ट पार्नु भएको थियो।

विद्यालयका संञ्चालक अध्यक्ष विक्रम ढुकुछुले खेल राष्ट्रको लागि खेल जीवनको लागि शारीरिक व्यायमवाट नै मानिसको शरीर सुगठित र सशक्त बन्न पुग्दछ । यो प्राकृति नियम हो । ताते ताते नगर्ने बालकहरु छिटो हिड्नु त परै छ; कोल्टे फर्किन समेत सक्तैनन , गाईवस्तु‌का बाच्छा बाच्छीहरु जन्मिदाँसाथ उफ्रेर कुदेकैले उनीहरूको खुट्टा कसिला र दह्रा बनेका हुन्छन् । त्यसैले बालबालिकाहरुलाई खेल्न कुद्न दियौ भने तिनीहरुको सर्वाङ्गीण विकासमा समेत टेवा पुग्द‌छ भने कुराहरु बताउनुभ‌यो ।

उक्त कार्यक्रममा साइनिङ इङगलिस सकेण्डरी स्कूलमा उपस्थित वरिष्ठ कराते प्रमुख अशेक कुमार श्रेष्ठ , साइनिङ्ग कराते प्रशिक्षक राजकुमार तामाङ्ग , शिक्षक शिक्षिका , अभिभावक लगायत सम्पूर्ण विद्यार्थीहरुलाई धन्यवाद ज्ञापन गर्नु साथै मायाको चिनो प्रदान गरिएको थियो ।

सम्बन्धित खबर

भिडियो