पावर न्युज एक्सप्रेस, समाचार, स्थानीय | मिस एण्ड मिसेस नेपाल इन्टरनेशनल वर्ल्ड २०२६ का प्रतियोगीहरूलाई स्किल क्राफ्ट होटल ट्रेनिङ सेन्टरद्वारा अन्तर्राष्ट्रिय स्तरको ग्रुमिङ तथा बारिस्टा तालिम

मिस एण्ड मिसेस नेपाल इन्टरनेशनल वर्ल्ड २०२६ का प्रतियोगीहरूलाई स्किल क्राफ्ट होटल ट्रेनिङ सेन्टरद्वारा अन्तर्राष्ट्रिय स्तरको ग्रुमिङ तथा बारिस्टा तालिम

मिस एण्ड मिसेस नेपाल इन्टरनेशनल वर्ल्ड २०२६ का प्रतियोगीहरूलाई स्किल क्राफ्ट होटल ट्रेनिङ सेन्टरद्वारा अन्तर्राष्ट्रिय स्तरको ग्रुमिङ तथा बारिस्टा तालिम

 

काठमाडौं। सामरी इन्टरनेशनल इभेन्ट प्रा. लि. द्वारा आयोजना गरिएको Miss & Mrs Nepal International World 2026 – Season 2, Powered by Bihe Sewa अन्तर्गत प्रतियोगीहरूका लागि Skill Craft Hotel Training Center को सहकार्यमा Professional Grooming & Barista Workshop Training भव्य रूपमा सम्पन्न भएको छ।

सौन्दर्य प्रतियोगितालाई केवल ताजको प्रतिस्पर्धामा सीमित नराखी महिलाहरूलाई व्यक्तित्व विकास, नेतृत्व क्षमता, सञ्चार कला, आतिथ्य सेवा (Hospitality), ग्राहक सेवा, व्यावसायिक शिष्टाचार तथा अन्तर्राष्ट्रिय स्तरको बारिस्टा सीप प्रदान गर्ने उद्देश्यका साथ आयोजना गरिएको उक्त तालिमले प्रतियोगीहरूमा नयाँ ऊर्जा, आत्मविश्वास र व्यावसायिक दक्षता अभिवृद्धि गरेको आयोजकले जनाएको छ।

तालिमको नेतृत्व Skill Craft Hotel Training Center की CEO रेणुका सुबेदी, Director उदय बुढाथोकी, Grand Finale Representative रोहन मल्ल तथा अनुभवी प्रशिक्षकहरू अजय पाख्रिन, पासाङ तामाङ र रेणुका सुबेदी ले गर्नुभएको थियो। उहाँहरूले व्यवहारिक अभ्याससहित आतिथ्य सेवा, ग्राहकसँगको प्रभावकारी संवाद, कफी तयारीको आधुनिक कला तथा व्यावसायिक जीवनमा आवश्यक सीपका विषयमा प्रशिक्षण प्रदान गर्नुभएको थियो।

कार्यक्रमका क्रममा प्रतियोगीहरूले Hospitality Service Standards, Customer Handling, Professional Etiquette, Personality Grooming, Communication Skills, Career Development लगायतका विषयमा व्यवहारिक ज्ञान प्राप्त गर्नुका साथै अन्तर्राष्ट्रिय स्तरको Barista Workshop मा सक्रिय सहभागिता जनाएका थिए।

यस अवसरमा सामरी इन्टरनेशनल इभेन्ट प्रा. लि. का अध्यक्ष तथा कार्यक्रम संयोजक भरत सामरी ले भन्नुभयो,

“हामीले सधैं विश्वास गरेका छौं कि एउटा ताजले मात्र व्यक्तित्व बनाउँदैन। ज्ञान, सीप, आत्मविश्वास र नेतृत्व क्षमताले नै साँचो विजेता तयार गर्छ। त्यसैले हाम्रो प्रतियोगिता केवल सौन्दर्य प्रतियोगिता नभई महिलाहरूको समग्र व्यक्तित्व विकास गर्ने अन्तर्राष्ट्रिय प्लेटफर्म हो। Skill Craft Hotel Training Center सँगको सहकार्यले प्रतियोगीहरूको भविष्य अझ सक्षम, आत्मनिर्भर र उज्ज्वल बन्ने विश्वास लिएका छौं।”

कार्यक्रममा Miss & Mrs Nepal International World 2026 का प्रतियोगीहरूले तालिम अत्यन्त उपयोगी, प्रेरणादायी र भविष्यमा रोजगारी तथा उद्यमशीलताका लागि समेत महत्वपूर्ण भएको प्रतिक्रिया दिएका थिए।

यदि तपाईं पनि होटल व्यवस्थापन, Hospitality, Professional Grooming वा अन्तर्राष्ट्रिय स्तरको Barista Training मार्फत आफ्नो करियर निर्माण गर्न चाहनुहुन्छ भने Skill Craft Hotel Training Center तपाईंका लागि उत्कृष्ट गन्तव्य बन्न सक्छ।

Skill Craft Hotel Training Center

“जहाँ सीपले अवसर सिर्जना गर्छ, र अवसरले सफल भविष्य निर्माण गर्छ।”

कार्यक्रम: Miss & Mrs Nepal International World 2026 – Season 2
Powered By: Bihe Sewa
Organized By: Samari International Event Pvt. Ltd.
Official Training Partner: Skill Craft Hotel Training Center

सम्बन्धित खबर

भिडियो