पावर न्युज एक्सप्रेस, समाचार | रमेश लाम्गादेको शब्द / संगीत रहेको ‘उडाई लान्छ माया मेरो’ गीतको भिडियो सार्वजनिक (भिडियो सहित)

रमेश लाम्गादेको शब्द / संगीत रहेको ‘उडाई लान्छ माया मेरो’ गीतको भिडियो सार्वजनिक (भिडियो सहित)

रमेश लाम्गादेको शब्द / संगीत रहेको ‘उडाई लान्छ माया मेरो’ गीतको भिडियो सार्वजनिक (भिडियो सहित)
10118  पटक हेरिएको

 

निराज रानाभाट, काठमाडौं । रमेश लाम्गादेको शब्द / संगीत रहेको ‘उडाई लान्छ माया मेरो’ गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ । उक्त गीतमा नवीन सुनारको आवाजमा रहेको छ, भने सुरेश सेञ्चुरीको एरेन्ज रहेको छ । यसैगरी, उक्त गीतको भिडियोमा ध्रुव दत्त र पुष्पा पौड्यालको साथै बाल कलाकार राजबी पाण्डेयको अभिनय देख्न सकिन्छ । उक्त म्युजिक भिडियो रविन बरालले निर्देशन गरेका छन, भने विनोद बलले छायांकन गरेका छन् ।

त्यस्तै, म्युजिक भिडियोको सम्पादन तथा रङ संयोजन सञ्जय अधिकारीले गरेका छन् । उक्त गीतमा कृष्ण बहादुर लाम्गादे निर्माताको रुपमा छन्, भने सरु ओली श्रीङ्गारमा रहेकी छिन् । यस्तै, उक्त गीत भ्वाइस रेकर्डिङ स्टुडियोमा रेकर्ड गरिएको हो, भने रेकर्डिङ तथा मिक्सिङमा दीप तुलाधर रहेका छन् । उक्त गीतको म्युजिक भिडियो रागश्री संगीतलय युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको छ ।

भिडियो :

सम्बन्धित खबर

भिडियो