पावर न्युज एक्सप्रेस, समाचार | रोटरी क्लब अफ भादगाउँको ‘१३ औँ पदस्थापन समारोह’ सम्पन्न

रोटरी क्लब अफ भादगाउँको ‘१३ औँ पदस्थापन समारोह’ सम्पन्न

रोटरी क्लब अफ भादगाउँको ‘१३ औँ पदस्थापन समारोह’ सम्पन्न
3954  पटक हेरिएको

 

काठमाडौं । रोटरी क्लब अफ भादगाउँले रोटरी वर्ष २०२६/०२७ का लागि आफ्नो ‘१३ औँ पदस्थापन समारोह’ राजधानी काठमाडौंको गौशालास्थित बेस्ट वेस्टर्न प्लस होटलमा भव्य रुपमा सम्पन्न गरेको छ ।

करिब ९० जना रोटेरियन, शुभेच्छुक तथा विभिन्न क्लबका प्रतिनिधिहरूको उत्साहपूर्ण सहभागिताले कार्यक्रमलाई थप विशेष बनाएको थियो । समारोहका प्रमुख अतिथिमा रोटरी इन्टरनेशनल डिस्ट्रिक्ट ३२९२ का डिस्ट्रिक्ट गभर्नर रोटेरियन विष्णु बहादुर कार्की रहेका थिए, भने डिस्ट्रिक्ट सेक्रेटरी रोटेरियन गौतम श्रेष्ठ, पूर्व डिस्ट्रिक्ट गभर्नरहरू रोटेरियन योगेन्द्र प्रधान, रोटेरियन चिन्तामणि भट्टराई, रोटेरियन जितेन्द्र बहादुर राजभण्डारी, रोटेरियन राजेन्द्र मान शेरचन, रोटेरियन राजिव पोखरेल, रोटरी फाउण्डेसन इमेज चेयर रोटेरियन दुर्गा प्रसाद सुवेदी, एजि रोटेरियन सागर निधि तिवारी, पास्ट एजि सितु सैजु साथै को-चेयर रोटेरियन रमा कँडेल लगायतको गरिमामय उपस्थिति रहेको थियो ।

समारोहमा इमिडियट पास्ट प्रेसिडेन्ट रोटेरियन दिल्ली राम गिरीबाट नेतृत्व हस्तान्तरण गर्दै रोटेरियन बाबुराम खड्काले क्लबको अध्यक्षका रूपमा पद तथा गोपनीयताको शपथ ग्रहण गरेका थिए । नवगठित कार्य समितिले रोटरीको आदर्श ‘स्वार्थभन्दा माथि सेवा’ लाई आत्मसात गर्दै समुदायमा अर्थपूर्ण र दिगो प्रभाव पार्ने सेवामूलक कार्यक्रमहरू सञ्चालन गर्ने प्रतिबद्धता व्यक्त गरेको छ । नयाँ कार्य समितिमा सेक्रेटरी रोटेरियन श्रीजना महर्जन, संयुक्त सचिव रोटेरियन सन्दिप राज भाट, कोषाध्यक्ष रोटेरियन रमेश नेपाललगायतका पदाधिकारीहरूले पनि पदभार ग्रहण गरेका थिए । क्लबका चार्टर अध्यक्ष रोटेरियन मनोज कुमार कँडेलको प्रेरणादायी उपस्थितिले समारोहलाई थप गरिमामय बनाएको थियो।

आफ्नो सम्बोधनमा डिस्ट्रिक्ट गभर्नर रोटेरियन विष्णु बहादुर कार्कीले नयाँ नेतृत्वलाई बधाई दिँदै रोटरीका मूल्यमान्यता, नैतिक नेतृत्व र प्रभावकारी सामुदायिक सेवामार्फत समाजमा सकारात्मक परिवर्तन ल्याउन आग्रह गरेँ । कार्कीले क्लबले विगतमा गरेका उल्लेखनीय सामाजिक कार्यहरूको प्रशंसा गर्दै आगामी वर्ष अझ प्रभावशाली परियोजनाहरू सञ्चालन हुने विश्वास व्यक्त गरेका छन् । यस्तै, अध्यक्ष रोटेरियन बाबुराम खड्काले आगामी वर्षका लागि स्वास्थ्य, शिक्षा, वातावरण संरक्षण, युवा नेतृत्व विकास, सदस्यता विस्तार, रोटरी फाउन्डेसन तथा सामुदायिक सेवाका कार्यक्रमलाई उच्च प्राथमिकतामा राखेर अघि बढ्ने प्रतिबद्धता व्यक्त गरेँ । खड्काले क्लबका सम्पूर्ण सदस्य, पूर्व अध्यक्ष, शुभेच्छुक तथा साझेदार संस्थाहरूको निरन्तर सहयोग नै क्लबको सफलताको आधार रहेको उल्लेख गरेका छन् । विगत १३ वर्षदेखि समुदायको सेवा, मित्रता र नेतृत्वको यात्रालाई निरन्तर अघि बढाउँदै आएको रोटरी क्लब अफ भादगाउँले आगामी दिनमा पनि मानवता, सहकार्य र सेवाको भावनालाई अझ सशक्त बनाउँदै समाजमा सकारात्मक परिवर्तनका लागि सक्रिय रहने विश्वास व्यक्त गरेको छ ।

सम्बन्धित खबर

भिडियो