पावर न्युज एक्सप्रेस | मिस एण्ड मिसेस नेपाल इन्टरनेशनल वर्ल्ड २०२६ का प्रतियोगीलाई सब्रिना डान्स एण्ड फिटनेसको विशेष नृत्य तथा फिटनेस प्रशिक्षण

मिस एण्ड मिसेस नेपाल इन्टरनेशनल वर्ल्ड २०२६ का प्रतियोगीलाई सब्रिना डान्स एण्ड फिटनेसको विशेष नृत्य तथा फिटनेस प्रशिक्षण

मिस एण्ड मिसेस नेपाल इन्टरनेशनल वर्ल्ड २०२६ का प्रतियोगीलाई सब्रिना डान्स एण्ड फिटनेसको विशेष नृत्य तथा फिटनेस प्रशिक्षण
13445  पटक हेरिएको

 

ललितपुर, च्यासल।
Miss & Mrs Nepal International World 2026 – Season 2 (Powered by Bihe Sewa) अन्तर्गत सहभागी प्रतियोगीहरूका लागि विशेष नृत्य तथा फिटनेस प्रशिक्षण उत्साहपूर्ण रूपमा सञ्चालन भइरहेको छ। यस प्रशिक्षणको नेतृत्व Reena Shrestha र Sabita Maharjan ले गर्नुभएको छ, जो Sabreena Dance and Fitness का सञ्चालक तथा अनुभवी डान्स प्रशिक्षक हुनुहुन्छ।

मिस एण्ड मिसेस नेपाल इन्टरनेशनल वर्ल्डको सुरुवाती यात्रादेखि नै आधिकारिक Dance Partner का रूपमा साथ दिँदै आएको Sabreena Dance and Fitness ले यस वर्ष पनि प्रतियोगीहरूको स्टेज प्रस्तुति, नृत्यकला, शारीरिक फिटनेस, तालमेल, अनुशासन र आत्मविश्वास अभिवृद्धिका लागि विशेष प्रशिक्षण प्रदान गरिरहेको छ।

फेसन र सौन्दर्य प्रतियोगितामा नृत्य केवल प्रस्तुति मात्र नभई आत्मविश्वास, अभिव्यक्ति, लय, ऊर्जा र व्यक्तित्व प्रदर्शनको महत्वपूर्ण माध्यम भएको उल्लेख गर्दै प्रशिक्षकद्वय रीना श्रेष्ठ र सबिता महर्जन ले प्रतियोगीहरूलाई अन्तर्राष्ट्रिय स्तरको प्रस्तुति दिन आवश्यक सीप, अनुशासन र व्यावसायिक दृष्टिकोणबारे व्यवहारिक प्रशिक्षण दिनुभएको छ।

प्रशिक्षणका क्रममा प्रतियोगीहरूले स्टेज वाकसँगै समूह प्रस्तुति, ओपनिङ डान्स, फिनाले कोरियोग्राफी तथा फिटनेस अभ्यासमा सक्रिय सहभागिता जनाएका छन्। प्रतियोगीहरूका अनुसार प्रशिक्षणले उनीहरूको आत्मविश्वास, प्रस्तुति शैली तथा शारीरिक सन्तुलनमा उल्लेखनीय सुधार ल्याएको छ।

कार्यक्रम निर्देशक Bharat Samari ले Sabreena Dance and Fitness को निरन्तर सहयोगप्रति आभार व्यक्त गर्दै भन्नुभयो, “हाम्रो प्रतियोगिताको सुरुवातदेखि नै सब्रिना डान्स एण्ड फिटनेसले परिवारको सदस्यझैँ साथ दिँदै आएको छ। प्रतियोगीहरूको उत्कृष्ट स्टेज प्रस्तुति र आत्मविश्वास निर्माणमा उहाँहरूको योगदान अमूल्य छ।”

आयोजक टोलीका Nisha Bhomjan र Narmata Mahara ले पनि प्रतियोगीहरूको समग्र व्यक्तित्व विकासमा सब्रिना डान्स एण्ड फिटनेसको भूमिका अत्यन्त महत्वपूर्ण रहेको बताएका छन्।

Miss & Mrs Nepal International World 2026 – Season 2, Powered by Bihe Sewa, महिला सशक्तीकरण, व्यक्तित्व विकास, नेतृत्व क्षमता अभिवृद्धि तथा अन्तर्राष्ट्रिय अवसर सिर्जना गर्ने उद्देश्यसहित सञ्चालन भइरहेको प्रतिष्ठित प्रतियोगिता हो। प्रतियोगीहरूलाई विश्वस्तरीय मञ्चका लागि तयार पार्न अनुभवी प्रशिक्षक तथा विभिन्न क्षेत्रका विज्ञहरूको सहभागितामा निरन्तर विशेष प्रशिक्षण कार्यक्रम सञ्चालन भइरहेका छन्।

“Every Step They Teach Builds Confidence. Every Performance Creates a Future.”

सम्बन्धित खबर

भिडियो