पावर न्युज एक्सप्रेस, समाचार, स्थानीय | भुम्लु गाउँपालिकाको १९औँ गाउँसभा सम्पन्न, ६१ करोडभन्दा बढीको बजेट सार्वजनिक

भुम्लु गाउँपालिकाको १९औँ गाउँसभा सम्पन्न, ६१ करोडभन्दा बढीको बजेट सार्वजनिक

भुम्लु गाउँपालिकाको १९औँ गाउँसभा सम्पन्न, ६१ करोडभन्दा बढीको बजेट सार्वजनिक

भुम्लु । काभ्रेपलाञ्चोकको भुम्लु गाउँपालिकाको १९औँ गाउँसभा अधिवेशन सम्पन्न भएको छ। अधिवेशनले आर्थिक वर्ष २०८३/०८४ का लागि ६१ करोड २९ लाख १६ हजार ५ सय ९८ रुपैयाँ बराबरको अनुमानित बजेट सार्वजनिक गरेको छ ।

गाउँसभा अधिवेशनमा गाउँपालिका अध्यक्ष प्रेमबहादुर भुजेलले आगामी आर्थिक वर्षका लागि नीति तथा कार्यक्रम प्रस्तुत गर्नुभएको थियो भने उपाध्यक्ष जितेन्द्र लामाले बजेट प्रस्तुत गर्नुभएको थियो ।

अधिवेशनमा विभिन्न वडाका वडाध्यक्षहरू, कार्यपालिका सदस्यहरू, जनप्रतिनिधिहरू, सञ्चारकर्मी तथा सरोकारवालाहरूको सहभागिता रहेको थियो ।

सुशासन, दिगो विकास, प्रभावकारी सेवा प्रवाह तथा समृद्ध भुम्लु गाउँपालिका निर्माण गर्ने प्रतिबद्धतासहित गाउँसभा २०८३ सफलतापूर्वक सम्पन्न भएको गाउँपालिकाले जनाएको छ ।

सम्बन्धित खबर

भिडियो