शिक्षा र स्वास्थ्य, समाचार | प्याब्सन बनेपाद्वारा आयोजित हस्तलेखन प्रतियोगिता सम्पन्न, उत्कृष्ट विद्यार्थीलाई पुरस्कार वितरण

प्याब्सन बनेपाद्वारा आयोजित हस्तलेखन प्रतियोगिता सम्पन्न, उत्कृष्ट विद्यार्थीलाई पुरस्कार वितरण

प्याब्सन बनेपाद्वारा आयोजित हस्तलेखन प्रतियोगिता सम्पन्न, उत्कृष्ट विद्यार्थीलाई पुरस्कार वितरण
15992  पटक हेरिएको

बनेपा । निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन) बनेपा नगर समितिको आयोजनामा हस्तलेखन प्रतियोगिता भव्य रूपमा सम्पन्न भएको छ।

ज्ञानकुञ्ज शैक्षिक प्रतिष्ठान, बनेपामा आयोजित प्रतियोगितामा नगरभित्रका विभिन्न विद्यालयका विद्यार्थीहरूको उत्साहजनक सहभागिता रहेको थियो।

कार्यक्रमका प्रमुख अतिथि शिक्षासेवी सुजेन्द्र श्रेष्ठ रहनुभएको थियो। प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्ने विद्यार्थीहरूलाई पुरस्कार तथा प्रमाणपत्र प्रदान गरिएको थियो।

अंग्रेजी हस्तलेखन प्रतियोगिता तर्फ विद्या सागर स्कुल प्रथम, ग्रेसल्याण्ड स्कुल द्वितीय, ज्ञानज्योति सेकेन्डरी स्कुल तृतीय तथा क्षितिज इङ्ग्लिस स्कुल चतुर्थ स्थान हासिल गर्न सफल भएका छन्।

त्यसैगरी नेपाली हस्तलेखन प्रतियोगिता तर्फ ज्ञानज्योति स्कुल प्रथम, एभरेष्ट एकेडेमी, बनेपा–काभ्रे द्वितीय, ज्योति एकेडेमी र ग्रेसल्याण्ड स्कुल संयुक्त रूपमा तृतीय तथा विद्या सागर स्कुल चतुर्थ स्थानमा रहेका छन्।

प्रतियोगिताको उद्देश्य विद्यार्थीहरूमा सुन्दर लेखनशैली, भाषिक दक्षता तथा सिर्जनशीलताको विकास गर्नु रहेको आयोजकले जनाएको छ। कार्यक्रममा सहभागी विद्यार्थी, शिक्षक तथा विद्यालय प्रतिनिधिहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।

प्याब्सन बनेपा नगर अध्यक्ष महेन्द्र बिष्ट ले प्रतियोगिताको नतिजा सार्वजनिक गर्दै उत्कृष्ट हुने विद्यार्थी तथा विद्यालयहरूलाई बधाई दिनुभयो।

उहाँले यस्ता शैक्षिक तथा सिर्जनात्मक गतिविधिले विद्यार्थीहरूको प्रतिभा उजागर गर्न महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गर्नुभयो। साथै आगामी दिनमा पनि यस्ता कार्यक्रमलाई निरन्तरता दिइने जानकारी दिनुभयो।

सम्बन्धित खबर

भिडियो