समाचार | संघर्ष, समर्पण र सफल नेतृत्वको सम्मान : टंकप्रसाद पोखरेललाई ‘कर्पोरेट इन्डस्ट्री लिडरशिप अवार्ड–२०२६’

संघर्ष, समर्पण र सफल नेतृत्वको सम्मान : टंकप्रसाद पोखरेललाई ‘कर्पोरेट इन्डस्ट्री लिडरशिप अवार्ड–२०२६’

संघर्ष, समर्पण र सफल नेतृत्वको सम्मान : टंकप्रसाद पोखरेललाई ‘कर्पोरेट इन्डस्ट्री लिडरशिप अवार्ड–२०२६’
8928  पटक हेरिएको

काठमाडौं, असार ४ | राजन थापा
निरन्तर संघर्ष, दूरदर्शी सोच र निजी क्षेत्रको उत्थानका लागि समर्पित नेतृत्वको कदरस्वरूप नेपाल चेम्बर अफ कमर्स लुम्बिनी प्रदेशका अध्यक्ष टंकप्रसाद पोखरेल ‘कर्पोरेट इन्डस्ट्री लिडरशिप अवार्ड–२०२६’ बाट सम्मानित भएका छन्।
कर्पोरेट बिजनेस म्यागजिनद्वारा आयोजित १८औँ कर्पोरेट बिजनेस अवार्ड–२०२६ अन्तर्गत बिहीबार काठमाडौंस्थित र्याडिसन होटलमा सम्पन्न भव्य समारोहमा उनलाई उक्त प्रतिष्ठित सम्मान प्रदान गरिएको हो।
उद्योग, व्यापार र उद्यमशीलताको क्षेत्रमा वर्षौंदेखि पुर्‍याउँदै आएको योगदान, निजी क्षेत्रको आवाजलाई सशक्त रूपमा उठाउने नेतृत्व क्षमता तथा आर्थिक विकासका लागि खेलेको महत्वपूर्ण भूमिकाको उच्च मूल्याङ्कन गर्दै उनलाई यो अवार्ड प्रदान गरिएको आयोजकले जनाएको छ।
समारोहमा राज्य व्यवस्था तथा सुशासन समितिका सभापति हरि ढकालले अवार्ड हस्तान्तरण गर्दा उपस्थित उद्योगी, व्यवसायी तथा विभिन्न क्षेत्रका विशिष्ट व्यक्तित्वहरूले तालीको गडगडाहटमार्फत पोखरेलको योगदानप्रति सम्मान व्यक्त गरेका थिए।
सम्मान ग्रहणपछि अध्यक्ष पोखरेल भावुक देखिएका थिए। उनले यो अवार्ड आफ्नो व्यक्तिगत उपलब्धि नभई सम्पूर्ण उद्योगी–व्यवसायी समुदाय, नेपाल चेम्बर अफ कमर्स परिवार तथा लुम्बिनी प्रदेशका उद्यमशील युवाहरूको साझा सम्मान भएको बताए। उनले निजी क्षेत्रको सशक्तीकरण, लगानी प्रवर्द्धन र राष्ट्रको आर्थिक समृद्धिका लागि अझ बढी जिम्मेवारीका साथ अगाडि बढ्ने प्रतिबद्धता व्यक्त गरे।
व्यवसायिक वातावरण सुधार, लगानीमैत्री नीति निर्माण, उद्यमशीलताको प्रवर्द्धन तथा सरकार र निजी क्षेत्रबीच सहकार्यको पुल निर्माण गर्न पोखरेलले खेलेको भूमिका आज धेरै व्यवसायी र युवा उद्यमीहरूका लागि प्रेरणाको स्रोत बनेको छ। उनका प्रयासहरूले निजी क्षेत्रको आत्मविश्वास बढाउनुका साथै आर्थिक गतिविधिलाई थप चलायमान बनाउन महत्वपूर्ण योगदान पुर्‍याएको छ।
यो सम्मानले केवल एक व्यक्तिको सफलताको कथा मात्र बोलेको छैन, बरु नेपालमा निजी क्षेत्रको विकास र आर्थिक समृद्धिका लागि दिनरात खटिरहेका हजारौं उद्यमीहरूको मेहनत, समर्पण र सपनाको समेत सम्मान गरेको अनुभूति गराएको छ।
कर्पोरेट बिजनेस म्यागजिनले प्रत्येक वर्ष विभिन्न क्षेत्रमा उल्लेखनीय योगदान पुर्‍याउने व्यक्तित्वहरूलाई सम्मान गर्दै आएको छ। १८औँ संस्करणको यस समारोहमा टंकप्रसाद पोखरेलको सम्मानले नेतृत्व, समर्पण र कर्मप्रतिको निष्ठाको उच्च मूल्याङ्कन भएको सन्देश दिएको छ।

सम्बन्धित खबर

भिडियो