शिक्षा र स्वास्थ्य, समाचार

नागरिक सुझाव संकलन गर्दै ट्राफिक सुधारतर्फ पहल

नागरिक सुझाव संकलन गर्दै ट्राफिक सुधारतर्फ पहल
913  पटक हेरिएको

 

काठमाडौं — ट्राफिक व्यवस्थापन र सवारी दुर्घटना न्यूनीकरणलाई प्रभावकारी बनाउने उद्देश्यले ‘नागरिक सुनुवाइ तथा अन्तरक्रिया कार्यक्रम’ सम्पन्न गरिएको छ। ट्राफिक प्रहरी प्रभाग नयाँ बसपार्कद्वारा आयोजित उक्त कार्यक्रम एसएसपी नवराज अधिकारीको प्रमुख आतिथ्यमा सम्पन्न भएको हो।

कार्यक्रममा सर्वसाधारण, यातायात व्यवसायी, सरोकारवाला निकाय तथा ट्राफिक प्रहरीबीच प्रत्यक्ष संवाद गरिएको थियो। सहभागीहरूले सडक सुरक्षासँग सम्बन्धित विविध समस्या, चुनौती तथा सुधारका सम्भावित उपायबारे आफ्ना धारणा राखेका थिए।

कार्यक्रमको मुख्य उद्देश्य सडक सुरक्षाका चुनौतीहरूको पहिचान गर्नुका साथै नागरिक तथा सरोकारवालाबाट प्राप्त सुझावलाई संकलन गरी कार्यान्वयनतर्फ अघि बढ्नु रहेको आयोजकले जनाएको छ।

ट्राफिक प्रहरीका अनुसार यस्ता कार्यक्रमले नागरिक सहभागिता बढाउनुका साथै दुर्घटना न्यूनीकरण र ट्राफिक व्यवस्थापन सुधारमा महत्वपूर्ण योगदान पुर्‍याउने अपेक्षा गरिएको छ।

सम्बन्धित खबर

भिडियो