राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की समानुपातिक सांसद तथा गोलस्टार जुत्ताकी प्रमुख विदुषी राणा यतिबेला हिमाली जिल्ला मुस्ताङको भ्रमणमा रहेकी छन्। संसदको बैठक नरहेको अवसरलाई सदुपयोग गर्दै उनी घुमघामका लागि मुस्ताङ पुगेकी हुन्। मुस्ताङ भ्रमणका क्रममा राणाले सामाजिक सञ्जालमार्फत आफ्ना केही आकर्षक तथा ग्लामरस तस्बिर सार्वजनिक गरेकी छन्। सेतो पहिरन र सनग्लासमा देखिएकी उनी मुस्ताङको प्राकृतिक सौन्दर्यसँग रमाइरहेको देख्न सकिन्छ।

तस्बिर साझा गर्दै उनले लेखेकी छन्, “मुस्ताङको जादु। उजाड तर सुन्दर परिदृश्य, शान्त चौंरीगाईहरू, र सधैंभरि रहिरहने सम्झनाहरू।” उनले सार्वजनिक गरेका तस्बिरहरू सामाजिक सञ्जालमा चर्चाको विषय बनेका छन्। धेरैले मुस्ताङको अनुपम सौन्दर्यसँगै राणाको स्टाइल र व्यक्तित्वको समेत प्रशंसा गरेका छन्। मुस्ताङको मनमोहक दृश्यले उनलाई विशेष रूपमा आकर्षित गरेको देखिन्छ।











