अन्तराष्ट्रिय, समाचार, सुरक्षा

इरानी उच्च टोली पाकिस्तानमा, अमेरिकासँग सम्भावित वार्ता तयारी

इरानी उच्च टोली पाकिस्तानमा, अमेरिकासँग सम्भावित वार्ता तयारी
965  पटक हेरिएको

इस्लामावाद । अमेरिकासँग सम्भावित वार्ताका लागि इरानको उच्चस्तरीय प्रतिनिधिमण्डल शुक्रबार राति पाकिस्तानको इस्लामावाद पुगेको छ। टोलीको नेतृत्व इरानी संसद्का सभामुख मोहम्मद बाकर गालिबाफले गरेका छन।

‘मिनाब १६८’ नाम दिइएको विशेष विमानमार्फत पुगेको उक्त टोलीले यात्रालाई भावनात्मक बनाउँदै मिसाइल आक्रमणमा ज्यान गुमाएका बालबालिकाको सम्झना गरेको छ।

उक्त आक्रमण फेब्रुअरी २८ मा मिनाबस्थित एक विद्यालयमा भएको थियो, जसमा १६८ जनाको मृत्यु भएको थियो। घटनाबारे इरानले अमेरिका र इजरायललाई दोष लगाएको छ भने अमेरिकाले अनुसन्धान भइरहेको जनाएको छ।

सम्बन्धित खबर

भिडियो