खेलकुद, स्थानीय | बनेपा उपमेयर कप महिला भलिबलको उपाधि श्रीकृष्ण मावि दाप्चालाई

बनेपा उपमेयर कप महिला भलिबलको उपाधि श्रीकृष्ण मावि दाप्चालाई

बनेपा उपमेयर कप महिला भलिबलको उपाधि श्रीकृष्ण मावि दाप्चालाई
6077  पटक हेरिएको

 

बनेपा — तेस्रो बनेपा उपमेयर कप खुल्ला तथा आमन्त्रण महिला भलिबल प्रतियोगिताको उपाधि श्रीकृष्ण माध्यमिक विद्यालय, दाप्चाले जितेको छ।

फाइनल खेलमा ललितपुर महानगरपालिकाको टोलीलाई पराजित गर्दै श्रीकृष्ण मावि दाप्चा च्याम्पियन बनेको हो भने ललितपुर उपविजेतामा सीमित रह्यो।

समापन कार्यक्रममा बनेपा नगर प्रमुख शान्तिरत्न शाक्यले विजेता तथा उपविजेता टोलीलाई बधाई दिँदै खेलकुदले अनुशासन, एकता र प्रतिस्पर्धात्मक भावना विकास गर्ने बताए।

उप-प्रमुख बिमला सापकोटा दाहालले महिला खेलाडीहरूको उत्साहजनक सहभागिताले महिला खेलकुदको भविष्य उज्ज्वल रहेको देखाएको बताउँदै यस्ता प्रतियोगिताले प्रतिभा पहिचान र खेल क्षेत्रको विकासमा महत्वपूर्ण योगदान पुर्‍याउने धारणा राखिन्।

विभिन्न जिल्लाका टोलीहरूको सहभागिता रहेको प्रतियोगिताले महिला भलिबल प्रवर्द्धनमा सकारात्मक टेवा पुगेको आयोजकले जनाएको छ।

सम्बन्धित खबर

भिडियो