कृषि, समाचार | धनेश्वरमा बर्ड फ्लु संक्रमण : ५ हजार २ सय कुखुरा मरे, व्यवसायीलाई ७५ लाख क्षति

धनेश्वरमा बर्ड फ्लु संक्रमण : ५ हजार २ सय कुखुरा मरे, व्यवसायीलाई ७५ लाख क्षति

धनेश्वरमा बर्ड फ्लु संक्रमण : ५ हजार २ सय कुखुरा मरे, व्यवसायीलाई ७५ लाख क्षति
9435  पटक हेरिएको

 

काभ्रे । बनेपा नगरपालिका–७ धनेश्वरस्थित एक कुखुरा फार्ममा बर्ड फ्लु संक्रमणका कारण ५ हजार २ सय कुखुरा मरेका छन्। फार्ममा रहेका कुखुरामा एच–९ प्रकारको बर्ड फ्लु पुष्टि भएपछि ठूलो क्षति भएको हो।

प्राप्त जानकारी अनुसार करिब एक साताअघि फार्ममा रहेका कुखुरा धमाधम मर्न थालेपछि व्यवसायीले त्रिपुरेश्वरस्थित प्रयोगशालामा नमुना परीक्षण गराएका थिए। परीक्षणको क्रममा कुखुरामा बर्ड फ्लु संक्रमण पुष्टि भएको बताइएको छ।

संक्रमण पुष्टि भएपछि मरेका कुखुरा फार्म मालिकले खाल्डो खनेर व्यवस्थापन गरेका छन्। घटनाबाट करिब ७५ लाख रुपैयाँ बराबरको क्षति पुगेको व्यवसायीले बताएका छन्।

यति ठूलो संख्यामा कुखुरा मरे पनि घटनाबारे स्थानीय तह तथा सम्बन्धित पशु सेवा कार्यालयलाई औपचारिक जानकारी नभएको स्रोतले जनाएको छ। संक्रमण फैलिन सक्ने जोखिम रहेकाले सम्बन्धित निकायले तत्काल अनुगमन तथा आवश्यक नियन्त्रणका उपाय अपनाउनुपर्ने स्थानीयको माग छ।

सम्बन्धित खबर

भिडियो