समाचार | प्रथम उपाध्यक्ष कप भलिबलको उपाधि वडा नं. २ लाई, वडा नं. ३ उपविजेता

प्रथम उपाध्यक्ष कप भलिबलको उपाधि वडा नं. २ लाई, वडा नं. ३ उपविजेता

प्रथम उपाध्यक्ष कप भलिबलको उपाधि वडा नं. २ लाई, वडा नं. ३ उपविजेता
7774  पटक हेरिएको

काभ्रेपलान्चोक – बेथानचोक गाउँपालिकाको आयोजनामा सञ्चालित प्रथम उपाध्यक्ष कप वडास्तरीय भलिबल प्रतियोगिताको उपाधि वडा नं. २ ले जितेको छ। फाइनल खेलमा वडा नं. ३ लाई सोझो सेटमा पराजित गर्दै वडा नं. २ ले नगद रु ५० हजार, ट्रफी, मेडल र प्रमाणपत्र हात पारेको हो।

उपविजेता बनेको वडा नं. ३ ले नगद रु ३० हजारसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ। त्यसैगरी लिग चरणका उपविजेता वडा नं. १ र वडा नं. ४ ले जनही रु १५ हजार, ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरेका छन्।

वडा नं. ४ को संयोजनमा जेठ २, ३ र ४ गते गणेशस्थानमा सञ्चालन भएको प्रतियोगितामा गाउँपालिकाभरिका ६ टोलीको सहभागिता रहेको थियो।

प्रतियोगितामा निर्मल बजगाई बेष्ट स्पाइकर, सुरेश वाइबा बेष्ट सर्भर, विजय गोले बेष्ट लिब्रो, सरोज रुम्बा बेष्ट ब्लकर, रमेश सिङ्तान बेष्ट सेटर तथा सुरेश घ्यावा बेष्ट प्लेयर घोषित भए। त्यस्तै सिताराम तिमल्सिना बेष्ट कोच घोषित भए।

समापन कार्यक्रममा बोल्दै गाउँपालिका उपाध्यक्ष तारा राना तिमल्सिना ले प्रतियोगिताले युवामा सहभागिता र प्रतिभा विकास गर्न महत्वपूर्ण भूमिका खेल्ने बताउँदै गाउँपालिकाले खेलकुद क्षेत्रमा लगानीलाई निरन्तरता दिने उल्लेख गर्नुभयो।

कार्यक्रममा वडा नं. ३ का अध्यक्ष कुवेर ढकाल, वडा नं. ४ का अध्यक्ष कृष्ण बहादुर लामा, जनप्रतिनिधि तथा खेलप्रेमीहरूको बाक्लो उपस्थिति रहेको थियो।

सम्बन्धित खबर

भिडियो