धर्म / राशिफल, समाचार | २०८३ साल बैशाख ३१ गते बिहीबार, यस्तो छ आजको राशिफल

२०८३ साल बैशाख ३१ गते बिहीबार, यस्तो छ आजको राशिफल

२०८३ साल बैशाख ३१ गते बिहीबार, यस्तो छ आजको राशिफल
5695  पटक हेरिएको

 

काठमाडौँ । २०८३ साल बैशाख ३१ गते बिहीबार, तदनुसार १४ मे २०२६ त्रयाेदशी तिथी । यस्तो छ आजको राशिफलः

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)
तपाईंको सामाजिक प्रतिष्ठा र मान–सम्मानमा वृद्धि हुनेछ । कार्यस्थलमा सहकर्मीहरूको पूर्ण समर्थन प्राप्त हुनाले जटिल कामहरू पनि सहजै सम्पन्न हुनेछन् । वैदेशिक क्षेत्रसँग जोडिएका काममा प्रगति हुनेछ ।

वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो)
आमा वा परिवारको कुनै सदस्यको स्वास्थ्यलाई लिएर चिन्ता हुन सक्छ । जग्गा जमिनसम्बन्धी काममा झमेला आउन सक्ने भएकाले कागजी प्रक्रियामा ध्यान दिनुहोला । मनमा केही अस्थिरता महसुस भए पनि इष्टदेवको आराधनाले राहत मिल्नेछ ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा)
आजको दिन बौद्धिक क्षमताको प्रदर्शन गर्ने अवसर मिल्नेछ । रोकिएका अधुरा कामहरू साथीभाइको सहयोगमा सम्पादन हुनेछन् । आर्थिक क्षेत्रमा गरिएका लगानीले भविष्यमा राम्रो फल दिनेछ ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
आज खर्चको मात्रा बढ्नाले आर्थिक व्यवस्थापनमा केही कठिनाइ हुन सक्छ । विश्वास गरेका व्यक्तिबाट धोका हुन सक्ने भएकाले सतर्क रहनुहोला । यद्यपि, विद्यार्थी वर्गका लागि अध्ययनमा रुचि बढ्ने र सफलता मिल्ने समय छ ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
बौद्धिक र सृजनात्मक काममा मन जानेछ । छोराछोरीको प्रगतिले मनमा हर्ष छाउनेछ । आर्थिक लेनदेनमा भने सावधानी अपनाउनुहोला । कला र साहित्यको क्षेत्रमा लागेका व्यक्तिहरूले आफ्नो प्रतिभा देखाउने उचित अवसर पाउनेछन् ।

कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो)
कार्यक्षेत्रमा केही प्रतिस्पर्धाको सामना गर्नुपरे पनि अन्ततः सफलता तपाईंको हातमा पर्नेछ । नयाँ योजनाहरू कार्यान्वयन गर्नका लागि आजको दिन निकै अनुकूल छ । घरपरिवारमा कुनै मांगलिक कार्यको चर्चा चल्न सक्छ ।

तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते)
धार्मिक र आध्यात्मिक कार्यमा मन जानेछ । लामो दूरीको लाभदायक यात्राको योग रहेको छ । उच्च शिक्षा अध्ययन गरिरहेकाहरूका लागि उपलब्धिमूलक समय छ । समाजसेवामा रुचि बढ्नेछ र परोपकारी काममा सहभागी भइनेछ ।

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
स्वास्थ्यमा केही गडबडी हुन सक्ने भएकाले खानपान र आराममा विशेष ध्यान दिनुहोला । अनावश्यक वादविवादमा नफस्नु नै उत्तम हुनेछ । काममा केही अवरोध आए पनि धैर्य नगुमाउनुहोला ।

धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे)
जीवनसाथीको साथ र सहयोगले महत्वपूर्ण कामहरू सम्पन्न हुनेछन् । नयाँ व्यवसाय सुरु गर्न वा साझेदारीमा काम गर्न आजको दिन शुभ छ । मनोरञ्जन र भ्रमणमा समय बित्नेछ जसले मानसिक ताजगी प्रदान गर्नेछ ।

मकर (भो, जा, जि, जु, जे, जो, ख, खि, खु, खे, खो, गा, गि)
शत्रुहरू आफैं किनारा लाग्नेछन् र तपाईंको प्रभाव बढ्नेछ । स्वास्थ्य बलियो रहनेछ र पुराना रोगबाट मुक्ति मिल्नेछ । प्रतिस्पर्धात्मक परीक्षा वा खेलकुदमा संलग्नहरूका लागि आजको दिन विशेष फलदायी रहनेछ ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा)
आर्थिक लाभको बलियो सम्भावना रहेको छ । नयाँ कार्यको जिम्मेवारी प्राप्त हुनेछ जसले तपाईंको कार्यकौशल प्रमाणित गर्ने मौका दिनेछ । प्रेम सम्बन्ध थप प्रगाढ बन्नेछ भने सन्तानको तर्फबाट सुखद खबर प्राप्त हुनेछ ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि)
मनमा नयाँ उत्साह र उमङ्ग छाउनेछ । व्यापार व्यवसायमा राम्रो आम्दानी हुने योग छ । लामो समयदेखि भेट नभएका आफन्तजनसँग सम्पर्क हुनाले मन प्रसन्न रहनेछ । नयाँ सवारीसाधन वा विलासी वस्तु खरिदको योजना बन्न सक्छ ।

सम्बन्धित खबर

भिडियो