कला मनोरञ्जन / साहित्य, समाचार | प्रेरणाको स्रोत बनिन् गायिका सुष्मा शाही ठकुरी : १४ वर्ष पछि अध्ययन सुचारु गर्दै एसईईमा ‘ए’ ग्रेड ल्याएर उतिर्ण

प्रेरणाको स्रोत बनिन् गायिका सुष्मा शाही ठकुरी : १४ वर्ष पछि अध्ययन सुचारु गर्दै एसईईमा ‘ए’ ग्रेड ल्याएर उतिर्ण

प्रेरणाको स्रोत बनिन् गायिका सुष्मा शाही ठकुरी : १४ वर्ष पछि अध्ययन सुचारु गर्दै एसईईमा ‘ए’ ग्रेड ल्याएर उतिर्ण
6866  पटक हेरिएको

 

काठमाडौँ । अध्ययन गर्ने चाहनालाई उमेरले छेक्दैन भन्ने भनाईलाई प्रमाणित गरेकी छिन्– नेपाली लोक संगीत क्षेत्रकी चर्चित गायिका सुष्मा शाही ठकुरीले । उनी सोमबार (हिजो) प्रकाशनमा आएको एसईईको रिजल्टमा उत्रिर्ण भएकी छन् । सांगीतिक क्षेत्रमा सफलताको स्वाद चाखिरहेकी उनी एसइइ परीक्षामा ३.२५ जीपीए नम्बरसहित उत्रिर्ण भएकी हुन् । उनको ‘ए’ ग्रेड आएको छ ।

२०८२ सालको अन्तिममा उनले एसईई परीक्षा दिएकी थिइन् । झण्डै एक दशकदेखी सांगीतिक क्षेत्रमा सक्रिय रहेकी उनले उनले काठमाडौँको चाबहिलस्थित सगरमाथा स्कुलमा अध्ययन गरेकी थिइन् । करिब १४ वर्ष स्थकित भएको पढाईलाई सुचारु गरेकी उनले कपनस्थित दीक्षालय स्कुल केन्द्रबाट परीक्षा दिएकी थिइन् ।

विविध कारणले १४ वर्षसम्म रोकिएको पढाईलाई सुचारु गरेकी उनी यतिबेला धेरैको लागि प्रेरणाको स्रोत बनेकी छिन् । उनका लागि यो सफलता केवल शैक्षिक उपलब्धि मात्र नभई १४ वर्ष लामो समयदेखिको अधुरो सपनाको साकार रूप पनि हो ।

पारिवारिक कारणले १४ वर्षअघि पढाइ बीचमै छोड्न बाध्य भएकी सुष्माका लागि यो नतिजा भावनात्मक छ । २०७९ सालमै एसएलसी दिनुपर्ने भए पनि सानै उमेरमा भएको विवाहका कारण उनको पढाइ रोकिएको थियो ।

एसइइ परिक्षा उत्रिर्ण भएसँगै उनलाई उच्च शिक्षा अध्ययनका लागि बाटो खुलेको छ । पढ्ने रहरलाई पुरा गर्न पाउँदा निकै खुशी छिन् सुष्मा ।

सम्बन्धित खबर

भिडियो