पावर न्युज एक्सप्रेस, समाचार, सुरक्षा | फेवातालमा डुंगा पल्टियो, एक जनाको उद्धार

फेवातालमा डुंगा पल्टियो, एक जनाको उद्धार

फेवातालमा डुंगा पल्टियो, एक जनाको उद्धार

काठमाडौँ । कास्कीको पोखरा स्थित फेवाताल मा हावाहुरीका कारण कायक डुंगा पल्टिँदा एक युवक अलपत्र परेका छन्। बुधबार अचानक आएको हावाहुरी र छालका कारण डुंगा पल्टिएको हो।

तनहुँको भिमाद नगरपालिका घर भई हाल पोखरा महानगरपालिका–६ बैदाम बस्ने २८ वर्षीय सुबिन ठकुरीले चलाएको एकल कायक बोट पल्टिएको प्रहरीले जनाएको छ।

घटनाबारे जानकारी पाएलगत्तै फेवाताल वाच एन्ड रेस्क्यु टावरबाट सशस्त्र प्रहरी सहायक निरीक्षक देवेन्द्र केसीको नेतृत्वमा खटिएको टोलीले उनलाई सकुशल उद्धार गरेको सशस्त्र प्रहरीले जनाएको छ।

सम्बन्धित खबर

भिडियो