पावर न्युज एक्सप्रेस, राजनीति, शिक्षा र स्वास्थ्य, समाचार, सुरक्षा, स्थानीय | राहदानीदेखि लाइसेन्ससम्म घरमै वितरण, सरकारको सेवा घरदैलोमा

राहदानीदेखि लाइसेन्ससम्म घरमै वितरण, सरकारको सेवा घरदैलोमा

राहदानीदेखि लाइसेन्ससम्म घरमै वितरण, सरकारको सेवा घरदैलोमा

काठमाडौँ – सरकारले नागरिकलाई सहज सेवा प्रदान गर्ने उद्देश्यले हुलाक सेवामार्फत सरकारी कागजात घरमै वितरण गर्ने व्यवस्था कार्यान्वयनमा ल्याएको छ। हाल यो सेवा काठमाडौँसहित १९ जिल्लामा विस्तार भइसकेको छ भने अन्य जिल्लामा पनि विस्तारको प्रक्रिया अघि बढाइएको छ।

हुलाक सेवा विभागका अनुसार, सेवा सुरु भएयता ३ हजार १३१ वटा राहदानी सम्बन्धित जिल्लामा पठाइएको छ, जसमध्ये ६६७ वटा सेवाग्राहीको घरमै वितरण भइसकेको छ। यसले नागरिकलाई जिल्ला प्रशासन कार्यालयसम्म धाउनुपर्ने बाध्यता कम गरेको छ।

यस्तै, सवारी चालक अनुमतिपत्र, शैक्षिक प्रमाणपत्र लगायत अन्य सरकारी कागजात पनि घरमै पुर्‍याउने कार्य सुरु गरिएको छ। स्वास्थ्य क्षेत्रमा प्रयोगशाला नमूनासमेत हुलाकमार्फत ढुवानी भइरहेको छ।

सरकारले भविष्यमा सिमकार्ड वितरण, शैक्षिक सामग्री ढुवानी र अन्य सेवाहरूलाई पनि यसै प्रणालीमार्फत विस्तार गर्ने तयारी गरेको जनाएको छ।

सम्बन्धित खबर

भिडियो