खेलकुद, पावर न्युज एक्सप्रेस, समाचार | विश्वकप लिग-२ : आज ओमानसँग भिड्दै नेपाल, जित्नै पर्ने दबाब

विश्वकप लिग-२ : आज ओमानसँग भिड्दै नेपाल, जित्नै पर्ने दबाब

विश्वकप लिग-२ : आज ओमानसँग भिड्दै नेपाल, जित्नै पर्ने दबाब

काठमाडौं । आईसीसी पुरुष क्रिकेट विश्वकप लिग–२ अन्तर्गत त्रिकोणात्मक शृङ्खलाको अन्तिम तथा निर्णायक खेलमा आज नेपालले ओमानको सामना गर्दैछ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा बिहान ९ः३० बजेदेखि सुरु हुने यस खेल नेपालका लागि विश्वकप छनोटको यात्रा जीवित राख्न निकै महत्वपूर्ण मानिएको छ।

हाल लिग–२ को अङ्क तालिकामा नेपाल २३ खेलमा ७ जितसहित १६ अङ्कका साथ सातौँ स्थानमा छ। अर्कोतर्फ, ओमान २७ खेलमा १४ जितसहित ३१ अङ्क जोड्दै तेस्रो स्थानमा सुरक्षित देखिन्छ। नेपालका लागि शीर्ष स्थानमा उक्लिन र ओडिआई मान्यता जोगाइराख्न आजको जित अनिवार्य छ।

नेपालका लागि भने त्यति सहज छैन । त्रिवि मैदानमा ओमानविरुद्ध नेपालले अहिलेसम्म जित निकाल्न सकेको छैन । यसै शृङ्खलाको अघिल्लो खेलमा पनि नेपाल ओमानसँग १०२ रनले पराजित भएको थियो ।

नेपाली टोलीको मनोबल पछिल्लो खेलमा यूएईलाई ६ रनले पराजित गरेपछि उच्च छ। विशेष गरी दीपेन्द्र सिंह ऐरीले अघिल्लो खेलमा प्रहार गरेको ९४ बलमा १०० रनको योगदानले ब्याटिङ लाइनमा आशा जगाएको छ । यद्यपि, ओमानका जतिन्दर सिंह (७५९ रन) र बलर सकिल अहमद (४७ विकेट) को उच्च लय नेपालका लागि आज मुख्य चुनौती बन्न सक्छ।

सम्बन्धित खबर

भिडियो