पावर न्युज एक्सप्रेस, शिक्षा र स्वास्थ्य, समाचार, सुरक्षा, स्थानीय | रोशी खोलामा फसेका ५ गाडी र यात्रुको उद्धार, १५० भन्दा बढी सवारी साधन रोकिए 

रोशी खोलामा फसेका ५ गाडी र यात्रुको उद्धार, १५० भन्दा बढी सवारी साधन रोकिए 

रोशी खोलामा फसेका ५ गाडी र यात्रुको उद्धार, १५० भन्दा बढी सवारी साधन रोकिए 

 

काभ्रेको नमोबुद्ध नगरपालिका–६ चौकीडाँडा र रोशी गाउँपालिका-७ चारसय बेसीस्थित रोशी खोलामा फसेका पाँच वटा गाडी र यात्रुको उद्धार गरिएको छ।

सशस्त्र प्रहरी बलका सहप्रवक्ता डिएसपी शैलेन्द्र थापाका अनुसार रोशीमा पानीको सतह बढ्न गई सडक कटान भएको थियो।

बाटो पूर्ण रूपमा अवरोध भएपछि पाँच वटा हायस र ६०/६५ जना यात्रु फसेका थिए।

उनीहरूलाई सशस्त्र प्रहरीले डोरी र डोजर/एक्स्काभेटरको माध्यमबाट उद्धार गरेको हो।

गाडी र यात्रु खोलामा फसेको जानकारी पाउनासाथ नम्बर १५ गण काभ्रे र मनसुन प्रतिकार्य बेस भकुण्डेबाट सशस्त्र प्रहरीको टोली तत्कालै खटिएको थियो।

त्यस्तै सम्भावित जोखिमलाई मध्यनजर गर्दै बिपी राजमार्ग सडक खण्डमा रोशी गाउँपालिका-७ लासटोलबाट काठमाडौंतर्फ आउँदै गरेका १५० वटाभन्दा बढी सवारी साधन रोकेर राखिएको डिएसपी थापाले जानकारी दिए।

सम्बन्धित खबर

भिडियो