सम्पादकीय | विशेष सम्पादकीय: आलोचनाबाट अत्तालिएको बालेन सरकारको निशानामा मिडिया हाउस, बेहोसीमा सरकार नचलाऊ

विशेष सम्पादकीय: आलोचनाबाट अत्तालिएको बालेन सरकारको निशानामा मिडिया हाउस, बेहोसीमा सरकार नचलाऊ

विशेष सम्पादकीय: आलोचनाबाट अत्तालिएको बालेन सरकारको निशानामा मिडिया हाउस, बेहोसीमा सरकार नचलाऊ
49848  पटक हेरिएको

विशेष सम्पादकीय: आलोचनाबाट अत्तालिएको बालेन सरकारको निशानामा मिडिया हाउस, बेहोसीमा सरकार नचलाऊ

लोकतान्त्रिक व्यवस्थामा सरकारको पहिलो दायित्व आलोचनालाई दमन गर्नु होइन, सुन्नु र त्यसबाट सुधारको बाटो खोज्नु हो।

सञ्चारमाध्यमलाई दबाब, धम्की वा प्रतिशोधको माध्यमबाट नियन्त्रण गर्ने प्रयास लोकतन्त्रको मर्मविपरीत हुन्छ।
स्वतन्त्र प्रेस राज्यको शत्रु होइन, लोकतन्त्रको पहरेदार हो।

सरकारप्रति उठेका प्रश्नको जवाफ कानुन, तथ्य र पारदर्शिताबाट दिनुपर्छ, शक्ति प्रदर्शनबाट होइन। आलोचनाबाट आत्तिने होइन, त्यसलाई आत्मसमीक्षाको अवसरका रूपमा लिन सक्ने नेतृत्व नै परिपक्व नेतृत्व मानिन्छ।

सरकार होस् वा कुनै पनि सार्वजनिक पदमा रहेका व्यक्ति—आलोचनालाई सम्मान गर्दै प्रेस स्वतन्त्रताको रक्षा गर्नु लोकतान्त्रिक संस्कारको आधार हो। त्यसैले, बेहोसीमा होइन, विधि, विवेक र लोकतान्त्रिक मूल्यमान्यताअनुसार सरकार चलाऔँ।

सम्बन्धित खबर

भिडियो