शिक्षा र स्वास्थ्य, समाचार

बावु नेपाल प्रहरीको एआईजी छोरी सशस्त्र प्रहरी बलको इन्स्पेक्टर बन्न सफल

बावु नेपाल प्रहरीको एआईजी छोरी सशस्त्र प्रहरी बलको इन्स्पेक्टर बन्न सफल
510  पटक हेरिएको

काठमाडौं, बैशाख-१

बाबु नेपाल प्रहरीको एआईजी (अतिरिक्त प्रहरी महानिरीक्षक) दर्जामा बहाल रहँदा छोरी सशस्त्र प्रहरी बल (एपीएफ)को इन्स्पेक्टर (निरीक्षक) बन्न सफल भएकी छिन् ।

यो संयोग एआईजी सुशील सिंह राठौरको हो । राठौर अहिले एआईजीको रुपमा प्रहरीको अपराध अनुसन्धान विभागमा कार्यरत छन् । उनै एआईजी राठौरकी छोरी पालक सिंह राठौर सशस्त्र प्रहरी बलको इन्स्पेक्टरमा नाम निकालेर तालिम समेत पूरा गरेर दिक्षित भएकी छिन् ।

इन्स्पेक्टरेको कठिन तामिल सम्पन्नपछिको समारोहमा बाबु एआईजी राठौर समेत उपस्थित थिए । उनले सामाजिक सञ्जाल फेसबुकमा आफ्नो र छोरीको तस्वीर राख्दै छोरीलाई बधाई दिएका छन् ।

सम्बन्धित खबर

भिडियो