खेलकुद, समाचार | विश्वकप फुटबल : राउन्ड अफ ३२ को समीकरण पूरा, यी हुन् नकआउट चरणका रोमाञ्चक भिडन्त

विश्वकप फुटबल : राउन्ड अफ ३२ को समीकरण पूरा, यी हुन् नकआउट चरणका रोमाञ्चक भिडन्त

विश्वकप फुटबल : राउन्ड अफ ३२ को समीकरण पूरा, यी हुन् नकआउट चरणका रोमाञ्चक भिडन्त
11217  पटक हेरिएको

काठमाडौं । जेठ २८ गतेदेखि सुरु भएको फिफा विश्वकप फुटबलको समूह चरणका सबै खेल सम्पन्न भएसँगै अन्तिम ३२ मा पुग्ने टोलीहरूको टुंगो लागेको छ। समूह ‘जे’ का अन्तिम दुई खेल सकिएपछि नकआउट चरणको पूरा समीकरण सार्वजनिक भएको हो।
यसपटक पहिलोपटक ४८ टोलीको सहभागिता रहेको विश्वकपमा केही अप्रत्याशित नतिजासमेत देखिएका छन्। दुई पटकको विश्व विजेता उरुग्वे समूह चरणबाटै बाहिरिएको छ भने पहिलोपटक विश्वकप खेलिरहेको केप भर्डे ले इतिहास रच्दै अन्तिम ३२ मा स्थान सुरक्षित गरेको छ।

राउन्ड अफ ३२ का खेल तालिका :
दक्षिण अफ्रिका 🆚 क्यानडा
ब्राजिल 🆚 जापान
जर्मनी 🆚 पाराग्वे
नेदरल्यान्ड्स 🆚 मोरक्को
आइभरी कोस्ट 🆚 नर्वे
फ्रान्स 🆚 स्विडेन
मेक्सिको 🆚 इक्वेडर
इंग्ल्यान्ड 🆚 डीआर कंगो
बेल्जियम 🆚 सेनेगल
अमेरिका 🆚 बोस्निया एन्ड हर्जगोभिना
स्पेन 🆚 अष्ट्रिया
पोर्चुगल 🆚 क्रोएसिया
स्विट्जरल्यान्ड 🆚 अल्जेरिया
अष्ट्रेलिया 🆚 इजिप्ट
अर्जेन्टिना 🆚 केप भर्डे
कोलम्बिया 🆚 घाना

अब विश्वकप थप रोमाञ्चक मोडमा प्रवेश गरेको छ। नकआउट चरणमा एक हारले यात्रा समाप्त हुने भएकाले प्रत्येक खेल ‘गर या मर’ को अवस्थामा हुनेछ। फुटबल समर्थकहरूको ध्यान अब राउन्ड अफ ३२ का यी रोमाञ्चक भिडन्ततर्फ केन्द्रित भएको छ।

सम्बन्धित खबर

भिडियो