समाचार | फेसन कोरियोग्राफर तथा चलचित्र निर्माता सृष्टि घिमिरेद्वारा मिस एण्ड मिसेस नेपाल इन्टरनेशनल वर्ल्ड २०२६ का प्रतियोगीलाई विशेष प्रशिक्षण

फेसन कोरियोग्राफर तथा चलचित्र निर्माता सृष्टि घिमिरेद्वारा मिस एण्ड मिसेस नेपाल इन्टरनेशनल वर्ल्ड २०२६ का प्रतियोगीलाई विशेष प्रशिक्षण

फेसन कोरियोग्राफर तथा चलचित्र निर्माता सृष्टि घिमिरेद्वारा मिस एण्ड मिसेस नेपाल इन्टरनेशनल वर्ल्ड २०२६ का प्रतियोगीलाई विशेष प्रशिक्षण
14599  पटक हेरिएको

काठमाडौं। Miss & Mrs Nepal International World 2026 – Season 2 (Powered by Bihe Sewa) अन्तर्गत प्रतियोगीहरूको व्यक्तित्व विकास, नेतृत्व क्षमता तथा व्यावसायिक दक्षता अभिवृद्धि गर्ने उद्देश्यले फेसन तथा मनोरञ्जन क्षेत्रकी अनुभवी व्यक्तित्व Shristi Ghimire द्वारा विशेष प्रशिक्षण सम्पन्न भएको छ।

फेसन कोरियोग्राफर, मोडल, चलचित्र निर्माता (Film Producer) तथा व्यावसायिक प्रशिक्षकका रूपमा परिचित सृष्टि घिमिरेले वर्षौंदेखि फेसन तथा मनोरञ्जन उद्योगमा सक्रिय रहँदै मोडलिङ, फेसन कोरियोग्राफी, टेलिभिजन विज्ञापन (Commercials) तथा चलचित्र निर्माणका क्षेत्रमा महत्वपूर्ण योगदान दिँदै आउनुभएको छ।

प्रशिक्षणका क्रममा उहाँले प्रतियोगीहरूलाई Leadership, Public Speaking, Motivation तथा Skill Development सम्बन्धी व्यवहारिक प्रशिक्षण प्रदान गर्नुभयो। उहाँले प्रभावकारी सञ्चारकला, आत्मविश्वास, नेतृत्व क्षमता, स्टेज प्रस्तुति तथा सफल व्यक्तित्व निर्माणका महत्वपूर्ण पक्षहरूबारे विस्तृत रूपमा मार्गदर्शन गर्नुभयो।

उहाँले सौन्दर्य प्रतियोगिता केवल बाह्य सौन्दर्यको प्रतिस्पर्धा नभई ज्ञान, आत्मविश्वास, अनुशासन, नेतृत्व क्षमता र सामाजिक उत्तरदायित्वको उत्कृष्ट संयोजन भएको उल्लेख गर्दै प्रत्येक प्रतियोगीलाई आफ्ना सपना पूरा गर्न निरन्तर मेहनत, सिकाइ र सकारात्मक सोचका साथ अघि बढ्न प्रेरित गर्नुभयो।

कार्यक्रममा सहभागी प्रतियोगीहरूले प्रशिक्षणलाई अत्यन्त प्रेरणादायी, उपयोगी तथा ज्ञानवर्धक रहेको प्रतिक्रिया दिएका छन्। आयोजकका अनुसार यस्ता अनुभवी प्रशिक्षकहरूको मार्गदर्शनले प्रतियोगीहरूलाई राष्ट्रिय मात्र होइन, अन्तर्राष्ट्रिय मञ्चमा समेत आत्मविश्वासका साथ प्रतिस्पर्धा गर्न सक्षम बनाउने विश्वास गरिएको छ।

Miss & Mrs Nepal International World 2026 – Season 2, Powered by Bihe Sewa, महिला सशक्तीकरण, व्यक्तित्व विकास, नेतृत्व क्षमता अभिवृद्धि तथा अन्तर्राष्ट्रिय अवसर सिर्जना गर्ने उद्देश्यसहित सञ्चालन भइरहेको प्रतिष्ठित प्रतियोगिता हो। आगामी दिनहरूमा पनि विभिन्न क्षेत्रका प्रतिष्ठित व्यक्तित्वहरूको सहभागितामा विशेष प्रशिक्षण तथा प्रेरणादायी सत्रहरू निरन्तर आयोजना गरिने आयोजकले जनाएको छ।

“Empowering Women Through Confidence, Leadership and Excellence.”

सम्बन्धित खबर

भिडियो