पावर न्युज एक्सप्रेस, समाचार | उद्यमी कृष्णहरि अर्याल प्रतिष्ठित ‘१८औँ कर्पोरेट एक्सिलेन्स अवार्ड २०२६’ बाट सम्मानित

उद्यमी कृष्णहरि अर्याल प्रतिष्ठित ‘१८औँ कर्पोरेट एक्सिलेन्स अवार्ड २०२६’ बाट सम्मानित

उद्यमी कृष्णहरि अर्याल प्रतिष्ठित ‘१८औँ कर्पोरेट एक्सिलेन्स अवार्ड २०२६’ बाट सम्मानित
14096  पटक हेरिएको

काठमाडौं । सिन्धु पोल्ट्री प्रालिका प्रबन्ध निर्देशक तथा सफल उद्यमी कृष्णहरि अर्याल प्रतिष्ठित ‘१८औँ कर्पोरेट एक्सिलेन्स अवार्ड २०२६’ बाट सम्मानित हुनुभएको छ।

कर्पोरेट मिडिया ग्रुपद्वारा बिहीबार काठमाडौंमा आयोजित ‘ईश्वरलाल १८औँ कर्पोरेट बिजनेस अवार्ड २०२६’ समारोहमा राज्य व्यवस्था तथा सुशासन समितिको सभापतिमा हरि ढकालले अर्याललाई उक्त अवार्ड प्रदान गर्नुभएको हो।

व्यावसायिक निष्ठा, उत्कृष्ट सेवाभाव, प्रभावकारी नेतृत्व क्षमता तथा संस्थागत सहकार्यमा पुर्‍याएको उल्लेखनीय योगदानको कदरस्वरूप उहाँलाई सम्मान गरिएको कर्पोरेट मिडिया ग्रुपका अध्यक्ष उज्वलजंग शाहले जानकारी दिनुभयो।

सिन्धु पोल्ट्री प्रालिमार्फत अर्यालले व्यावसायिक रूपमा ठूलो मात्रामा अण्डा उत्पादन गर्दै देशको कृषि तथा पशुपन्छी क्षेत्रमा महत्वपूर्ण योगदान पुर्‍याउँदै आउनुभएको छ। उहाँको नेतृत्वमा सञ्चालित उद्योगले स्वदेशी उत्पादन प्रवर्द्धन गर्नुका साथै प्रत्यक्ष तथा अप्रत्यक्ष रूपमा सयौँ युवालाई रोजगारी उपलब्ध गराएको छ।
व्यवसायसँगै सामाजिक सेवामा पनि सक्रिय अर्याल विभिन्न सामाजिक तथा मानवीय गतिविधिमा संलग्न रहँदै आउनुभएको छ। कृषि उद्यमशीलता, रोजगारी सिर्जना तथा समाजप्रतिको उत्तरदायित्वपूर्ण योगदानका कारण उहाँ उद्योग तथा व्यवसाय क्षेत्रका प्रेरणादायी व्यक्तित्वका रूपमा परिचित हुनुहुन्छ।

अवार्ड ग्रहणपछि अर्यालले प्राप्त सम्मानले आगामी दिनमा अझ जिम्मेवार र समर्पित भएर काम गर्न प्रेरणा मिलेको बताउनुभयो। उहाँले यो सम्मान आफ्नो व्यक्तिगत उपलब्धि मात्र नभई सम्पूर्ण कर्मचारी, सहकर्मी तथा शुभेच्छुकहरूको साझा सफलताको प्रतिफल भएको उल्लेख गर्नुभयो।

सम्बन्धित खबर

भिडियो