बनेपा, असार २६ — बनेपा नगरपालिका वडा नं. ६ वडा कार्यसमितिको आयोजनामा वडा सांस्कृतिक मञ्च तथा महिला वडा कार्यसमितिलाई बाद्यबादन सामग्री हस्तान्तरण कार्यक्रम सम्पन्न भएको छ ।
मिति २०८३ साल असार २६ गते वडा कार्यालय परिसरमा आयोजित कार्यक्रममा स्थानीय कला, संस्कृति तथा परम्परागत सांस्कृतिक गतिविधिहरूको संरक्षण, प्रवद्र्धन र विकास गर्ने उद्देश्यले विभिन्न बाद्यबादन सामग्री हस्तान्तरण गरिएको हो ।

कार्यक्रममा वडा नं. ६ का वडा अध्यक्ष तथा जनप्रतिनिधिहरूको उपस्थितिमा वडा सांस्कृतिक मञ्च र महिला वडा कार्यसमितिका प्रतिनिधिहरूलाई आवश्यक बाद्यबादन सामग्री प्रदान गरिएको थियो। कार्यक्रममा बोल्दै वक्ताहरूले स्थानीय संस्कृति, भेषभूषा तथा मौलिक परम्पराको जगेर्ना गर्न सांस्कृतिक गतिविधिहरूको महत्वपूर्ण भूमिका रहने बताएका थिए। उनीहरूले यस्ता सामग्रीले सांस्कृतिक कार्यक्रमहरूलाई थप प्रभावकारी बनाउन सहयोग पुग्ने विश्वास व्यक्त गरे ।
वडा अध्यक्ष सचितानन्द के.सी.ले स्थानीय समुदायको सक्रिय सहभागितामा कला र संस्कृतिको संरक्षण तथा प्रवद्र्धनका लागि वडा कार्यालय सदैव प्रतिबद्ध रहेको उल्लेख गर्दै आगामी दिनमा पनि यस्ता कार्यक्रमहरूलाई निरन्तरता दिइने जानकारी दिए । कार्यक्रममा बोल्दै वडा सदस्य लालकृष्ण तिमल्सिना (राजु) ले उपलब्ध सामाग्रीहरुको सहि सदुपयोग गर्न सके सांस्कृतिक अभियानमा आजको दिनले निकै महत्वपूर्ण भुमिका खेल्न सक्ने बताएका छन् ।
सामग्री प्राप्त गरेपछि वडा सांस्कृतिक मञ्चका अध्यक्ष धनपति दाहाल तथा महिला वडा कार्यसमितिका अध्यक्ष नानुदेवी कुइकेलले वडा कार्य समितिप्रति धन्यवाद व्यक्त गर्दै प्राप्त सामग्रीलाई समुदायस्तरका विभिन्न सांस्कृतिक तथा सामाजिक कार्यक्रमहरूमा सदुपयोग गर्ने प्रतिबद्धता जनाए ।
स्थानीय समाजमा सांस्कृतिक चेतना अभिवृद्धि गर्दै कला र संस्कृतिको संरक्षणमा टेवा पु¥याउने उद्देश्यका साथ आयोजित उक्त कार्यक्रम सहभागीहरूका लागि उत्साहजनक बनेको पूर्व वडा अध्यक्ष एवं समाजसेवी भैरव के.सी. ले जानकारी दिएका छन् ।














