काभ्रे । प्रगति प्रभात एकेडेमीले शैक्षिक सत्र २०८३ का लागि कक्षा ११ मा भर्ना भएका नवप्रवेशी विद्यार्थीहरूलाई लक्षित गर्दै अभिमुखीकरण कार्यक्रम सफलतापूर्वक सम्पन्न गरेको छ।
कार्यक्रममा विद्यार्थीहरूलाई विद्यालयको शैक्षिक वातावरण, पठनपाठन प्रणाली, विभिन्न शैक्षिक तथा अतिरिक्त क्रियाकलाप, उपलब्ध अवसरहरू, अनुशासन तथा क्याम्पस संस्कृतिबारे विस्तृत जानकारी प्रदान गरिएको थियो। साथै विद्यार्थीहरूलाई उच्च माध्यमिक तहको अध्ययनलाई प्रभावकारी र उपलब्धिमूलक बनाउन आवश्यक सुझाव तथा प्रेरणादायी सन्देशसमेत दिइएको थियो।

विद्यालय प्रशासन तथा शिक्षकहरूले नवआगन्तुक विद्यार्थीहरूलाई स्वागत गर्दै आगामी शैक्षिक यात्रामा आत्मविश्वास, मेहनत र सकारात्मक सोचका साथ अघि बढ्न आग्रह गरेका थिए। कार्यक्रममा विद्यार्थी तथा अभिभावकहरूको उत्साहजनक सहभागिता रहेको थियो।
प्रगति प्रभात एकेडेमीले नवप्रवेशी विद्यार्थीहरूको उज्ज्वल भविष्यको कामना गर्दै आगामी दिनहरूमा गुणस्तरीय शिक्षा, सिर्जनशीलता र नेतृत्व विकासमा निरन्तर सहयोग पुर्याउने प्रतिबद्धता व्यक्त गरेको छ। विद्यालयले सबै विद्यार्थीलाई सफल, सिर्जनशील र जिम्मेवार नागरिक बन्न शुभकामना समेत दिएको छ।












