जेठ ३१ गते आइतबार
साँगा, ग्रेसल्याण्ड स्कुलले एसईई २०८२ मा उत्तीर्ण हुन सफल विद्यार्थीलाई एक कार्यक्रमका बिच बिदाइ गरेको छ ।

बनेपा नगरपालिका वडा नं. १४ साँगास्थित ग्रेसल्याण्ड स्कुलले एसईई २०८२ मा उत्कृष्ट नतिजा हासिल गरि उत्तीर्ण हुन सफल विद्यार्थीहरुलाई सम्मान सहित बिदाइ गरेको हाे ।
कार्यक्रममा विद्यालयका प्रिन्सिपल सुजेन्द्र श्रेष्ठले विद्यार्थीहरुलाई सम्मान सहित आगामी शैक्षिक यात्राका लागि शुभकामना दिनुभयो ।
कार्यक्रममा बोल्दै विद्यालयका प्रिन्सिपल श्रेष्ठले एसईई परिक्षामा विद्यार्थीहरुले प्राप्त गरेको उत्कृष्ट नतिजामा विद्यार्थीको मेहनत, शिक्षकको लगनशीलता रहेको बताउदै अभिभावकको साथ महत्त्वपूर्ण रहेकोले अभिभावक धन्यवादकाे पात्र रहेकोले याे याेगदाज सदैव महत्वपूर्ण रहने बताउनुभयो ।
ग्रेसल्याण्ड काभ्रेको शैक्षिक क्षेत्रमा एउटा छुट्टै ब्रान्ड बन्दै गइरहेको धारणा राख्दै श्रेष्ठले विद्यालयले आगामी दिनमा पनि गुणस्तरीय शिक्षामार्फत उत्कृष्ट नतिजालाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
कार्यक्रममा एसईई उत्तीर्ण सबै विद्यार्थीलाई सम्मान तथा बिदाइ गरिएको थियो । विद्यालयको गौरवपूर्ण उपलब्धिलाइ विद्यार्थीको क्षमता विकास र शैक्षिक उत्कृष्टतामा थप जोड दिदै विद्यालय निरन्तर अघि बढ्ने समेत श्रेष्ठले जानकारी दिनुभयाे ।














