काठमाडौं । वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी) दिलिप घिमिरेले काठमाडौं जिल्ला प्रहरी परिसरको प्रमुखका रूपमा औपचारिक रूपमा जिम्मेवारी सम्हालेका छन्।

केही दिनअघि भएको सरुवाअनुसार काठमाडौं प्रहरी परिसरको नेतृत्वमा नियुक्त भएका घिमिरे आज परिसर पुगेर आफ्नो कार्यभार ग्रहण गरेका हुन्।
प्रधानमन्त्री एवं गृहमन्त्री बालेन्द्र शाहको मन्त्रीस्तरीय निर्णयअनुसार नेपाल प्रहरीका ३३ जना एसएसपीहरूको सरुवा तथा काज हेरफेर गरिएको थियो। सोही निर्णयअनुसार घिमिरेलाई देशकै सबैभन्दा संवेदनशील प्रहरी कमान्डमध्ये एक मानिने काठमाडौं जिल्ला प्रहरी परिसरको नेतृत्वको जिम्मेवारी दिइएको हो।
काठमाडौं उपत्यकाको शान्ति सुरक्षा, अपराध अनुसन्धान तथा सुरक्षा व्यवस्थापनमा अब घिमिरेको नेतृत्वमा प्रहरी परिचालन हुने भएको छ।













