शिक्षा र स्वास्थ्य, समाचार, सुरक्षा

नागढुंगा सुरुङमार्गमा सशुल्क व्यवस्था लागू, सवारीअनुसार ६५ देखि ६०० रुपैयाँसम्म शुल्क तय

नागढुंगा सुरुङमार्गमा सशुल्क व्यवस्था लागू, सवारीअनुसार ६५ देखि ६०० रुपैयाँसम्म शुल्क तय

काठमाडौं । सरकारले नागढुंगा सुरुङमार्ग प्रयोग गर्ने सवारी साधनका लागि ‘सुरुङमार्ग उपभोग दस्तुर’ निर्धारण गरेको छ ।

भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले मन्त्रिपरिषद्को भदौ २६ गतेको निर्णय अनुसार विभिन्न ४ वर्गका सवारीका लागि फरक–फरक शुल्क तोकेको हो ।

सडक बोर्ड ऐन, २०५८ को दफा ६ (१) अनुसार सुरुङमार्ग प्रयोग गर्ने सवारीबाट दस्तुर लिने व्यवस्था गरिएको मन्त्रालयले जनाएको छ ।

नयाँ दररेट अनुसार काठमाडौँ प्रवेश गर्दा र बाहिरिँदा शुल्क फरक हुनेछ। हल्का सवारी (कार, भ्यान, पिकअप, ट्रयाक्टर, माइक्रो बस) ले प्रवेश गर्दा ६५ रुपैयाँ र बाहिरिँदा ६० रुपैयाँ तिर्नुपर्नेछ ।

मिनी बस तथा मिनी ट्रकले ११५/८० रुपैयाँ, बस तथा सिङ्गल एक्सल ट्रकले २६०/२०० रुपैयाँ तिर्नुपर्नेछ । सबैभन्दा बढी शुल्क मल्टि एक्सल ट्रक र भारी उपकरणका लागि ६००/२५० रुपैयाँ तोकिएको छ ।

सुरुङमार्ग सञ्चालनपछि नागढुंगा क्षेत्रको जाम कम हुने र इन्धन बचत हुने अपेक्षा गरिएको छ । तर, अतिरिक्त शुल्कप्रति सर्वसाधारण र यातायात व्यवसायीले असन्तुष्टि जनाएका छन् ।

 

सम्बन्धित खबर

भिडियो