खेलकुद, समाचार | सन्दीप लामिछानेद्वारा स्टार्कको कीर्तिमान तोड्दै १५० विकेट छिटो पूरा

सन्दीप लामिछानेद्वारा स्टार्कको कीर्तिमान तोड्दै १५० विकेट छिटो पूरा

सन्दीप लामिछानेद्वारा स्टार्कको कीर्तिमान तोड्दै १५० विकेट छिटो पूरा
7841  पटक हेरिएको

काठमाडौँ । नेपाली लेगस्पिनर सन्दीप लामिछानेले अष्ट्रेलियाका तेज बलर मिचेल स्टार्कको कीर्तिमान तोडेका छन् ।

आईसीसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत स्कटल्याण्डविरुद्ध २ विकेट लिएसँगै सन्दीपले ७३ ओडीआई खेलमै १५० विकेट पूरा गर्दै यो उपलब्धि हासिल गरेका हुन् । यससँगै उनी सबैभन्दा छिटो १५० ओडीआई विकेट लिने बलर बनेका छन् ।

यसअघि उक्त कीर्तिमान मिचेल स्टार्कको नाममा थियो, जसले ७७ खेलमा १५० विकेट पूरा गरेका थिए । सन्दीप यसअघि पनि ४२ खेलमै १०० विकेट पूरा गर्दै छिटो १०० विकेट लिने बलर बनेका थिए ।

सन् २०१८ मा नेदरल्याण्डसविरुद्ध ओडीआई डेब्यु गरेका २५ वर्षीय सन्दीपले हालसम्म ७३ ओडीआई खेलमा १५१ विकेट लिइसकेका छन् । उनले ब्याटिङमा ५०० रन पनि बनाएका छन् । साथै, ७४ टी–२० अन्तर्राष्ट्रिय खेलमा १३६ विकेट लिएका छन् ।

सम्बन्धित खबर

भिडियो