पावर न्युज एक्सप्रेस, समाचार, सुरक्षा | हराएका ६५ मोटरसाइकल तथा स्कुटर धनीलाई हस्तान्तरण

हराएका ६५ मोटरसाइकल तथा स्कुटर धनीलाई हस्तान्तरण

हराएका ६५ मोटरसाइकल तथा स्कुटर धनीलाई हस्तान्तरण

 

काठमाडौं । काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले हराएका तथा चोरी भएका ६५ वटा मोटरसाइकल र स्कुटर खोजी गरी सम्बन्धित धनीलाई हस्तान्तरण गरेको छ ।

आज आयोजित एक कार्यक्रमबीच कार्यालयका प्रमुख एसएसपी नवराज अधिकारी ले फेला परेका सवारी साधन सम्बन्धित धनीलाई जिम्मा लगाएका हुन् ।

ट्राफिक प्रहरी कार्यालयका अनुसार सादा पोसाकमा परिचालित विशेष टोलीले काठमाडौं उपत्यकाका विभिन्न स्थानमा खोजी अभियान सञ्चालन गर्दै हराएका सवारी साधन फेला पारेको हो ।

कार्यक्रममा एसएसपी अधिकारीले सवारी साधन हराए वा चोरी भए तत्काल प्रहरीलाई जानकारी गराउन आग्रह गर्दै ट्राफिक नियमको पालना र सवारी सुरक्षामा सचेत रहन सर्वसाधारणलाई अनुरोध गरेका थिए ।

ट्राफिक प्रहरीले पछिल्लो समय चोरी तथा हराएका सवारी साधन खोजी अभियानलाई तीव्र बनाइएको जनाएको छ

सम्बन्धित खबर

भिडियो