पावर न्युज एक्सप्रेस, शिक्षा र स्वास्थ्य, समाचार | “शिक्षा र कर्मचारीतन्त्रमा दलगत प्रभाव अन्त्य गर्न सरकार दृढ : प्रधानमन्त्री बालेन्द्र शाह”

“शिक्षा र कर्मचारीतन्त्रमा दलगत प्रभाव अन्त्य गर्न सरकार दृढ : प्रधानमन्त्री बालेन्द्र शाह”

“शिक्षा र कर्मचारीतन्त्रमा दलगत प्रभाव अन्त्य गर्न सरकार दृढ : प्रधानमन्त्री बालेन्द्र शाह”

बालेन्द्र शाहले सरकारका निर्णयहरू जनताको हितमै केन्द्रित रहेको बताएका छन्। सामाजिक सञ्जालमार्फत उनले आम नागरिकलाई ढुक्क रहन आग्रह गर्दै अध्यादेशमार्फत शिक्षा क्षेत्र र कर्मचारीतन्त्रमा देखिएका विकृतिहरू हटाइएको स्पष्ट पारे।

उनका अनुसार विद्यार्थी र कर्मचारी संगठनहरूमा बढ्दो दलगत प्रभावका कारण प्रणाली कमजोर बनेकोले अब शिक्षालयमा दलको झण्डा र कर्मचारीतन्त्रमा दलको झोला निषेध गरिएको हो। उनले यस्तो कदमले अधिकार नखोस्ने, बरु पेशागत स्वतन्त्रता र योग्यता आधारित प्रणाली मजबुत बनाउने दाबी गरे।

प्रधानमन्त्रीले यो कुनै दलविरुद्धको अभियान नभई प्रणाली सुधार र भविष्य सुरक्षित गर्ने प्रयास भएको उल्लेख गर्दै सबैको साथ र विश्वास आवश्यक रहेको बताएका छन्।

सम्बन्धित खबर

भिडियो