पावर न्युज एक्सप्रेस, शिक्षा र स्वास्थ्य, समाचार, सुरक्षा | खुला सीमा र अन्तरदेशीय अपराध रोकथाम पहिलो प्राथमिकता : सशस्त्र आईजीपी पौडेल

खुला सीमा र अन्तरदेशीय अपराध रोकथाम पहिलो प्राथमिकता : सशस्त्र आईजीपी पौडेल

खुला सीमा र अन्तरदेशीय अपराध रोकथाम पहिलो प्राथमिकता : सशस्त्र आईजीपी पौडेल

 

सशस्त्र प्रहरी बलका नवनियुक्त आईजीपी नारायणदत्त पौडेलले खुला सीमा र अन्तरदेशीय अपराध रोकथाम चुनौतीपूर्ण बन्दै गएको बताएका छन् ।

सोमबार गृहसचिव राजकुमार श्रेष्ठले आईजीपी पौडेललाई दर्ज्यानी चिह्न लगाइदिएका थिए । सोही कार्यक्रममा आईजीपी पौडेलले सीमा क्षेत्रमा हुने अपराध र अन्तरदेशीय अपराध चुनौती बन्दै गएको भन्दै आफ्नो प्राथमिकता त्यही रोकथापमा हुने प्रतिबद्धता जनाए ।

पौडेलले आईजीपीको पद संगठनको नेतृत्व गर्ने औपचारिक जिम्मेवारी मात्र नभई नेपालको राष्ट्रिय सुरक्षा, सीमा सुरक्षा, शान्ति तथा सुशासन कायम गर्दै जनताको जीउधन रक्षा गर्नुपर्ने दायित्व भएको बताए । त्यसका लागि आफू समर्पित हुने उनको भनाइ छ ।

सम्बन्धित खबर

भिडियो