समाचार

प्रदर्शनमा ‘राम नाम सत्य’

प्रदर्शनमा ‘राम नाम सत्य’
437  पटक हेरिएको

काठमाडौं,
चैत २७ ।

आजदेखि चलचित्र ‘राम नाम सत्य’ प्रदर्शनमा आएको छ । शुक्रबार प्रदर्शनअन्तर्गत आजदेखि माइकल चन्द निर्देशित यो चलचित्र प्रदर्शनमा आएको हो । यस चलचित्रको अग्रिम टिकट बिक्री पनि खुल्ला गरिएको थियो । सोलो रिलिजको मौका पाएको यस चलचित्रले मल्टिप्लेक्स हलहरूबाट उत्साहजनक शो पाएको छ ।

एक्सन जनरामा बनेको यस चलचित्रलाई दर्शकहरू प्रतिक्षामा थिए । चलचित्रमा एक्सन किंग विराज भट्ट मुख्य भूमिकामा हुनुहुन्छ । चलचित्रमा विराजसहित सुशील श्रेष्ठ, आयुष सिंह ठकुरी, सुपुष्पा भट्ट, दिव्या रायमाझी, सुनील थापा, प्रशान्त ताम्राकार, खुशी कार्कीलगायतका कलाकारको अभिनय छ ।

चलचित्रमा दिनेश डिसी, सुधीर श्रेष्ठ, आशा पौडेल, सन्तोष सरकारलगायतका कलाकारको पनि अभिनय रहेको छ । साथै, आयुषविक्रम शाही, अधिराज चन्द, संरचना चन्द र शृंखला विष्ट बालकलाकारका रूपमा प्रस्तुत हुनुभएको छ । माइकल इन्टरटेन्मेन्ट हाउसको प्रस्तुतिमा निर्माण भएको यो चलचित्रमा उपेन्द्र शाही र स्वेता विमलीको लगानी छ । चलचित्रका कार्यकारी निर्माता किशोर भट्ट, राजेन्द्र भट्ट र अर्जुन सुनार हुनुहुन्छ । यो चलचित्र माइकल चन्दको कथा, पटकथा र लेखन बनेको हो । मोती कार्की क्रियटिभ निर्माता रहेको चलचित्रमा राजेन्द्र आचार्य लाइन प्रोड्यूसरको रुपमा हुनुहुन्छ ।

यो चलचित्रको रनटाइम १६० मिनेट छ । यसले पिजी सर्टिफिकेट पाएको छ । यसको अर्थ, बालबालिकाले अभिभावकको निगरानीमा मात्र यो चलचित्र हेर्नुपर्नेछ । निर्माण टिमका अनुसार चलचित्रमा कलाकारको सशक्त अभिनय र कथाको गहिराइले दर्शकलाई आकर्षित गर्ने विश्वास गरिएको छ ।

चलचित्रलाई काफिया फिल्मस् र कुवेर सिने डिष्ट्रिब्यूसनमार्फत वितरण गरिएको छ । वितरक गोविन्द शाहीले चलचित्रले बक्सअफिसमा आक्रामक ओपनिङ गर्ने विश्वास व्यक्त गर्नुभएको छ । ट्रेलरबाट प्राप्त सकारात्मक प्रतिक्रिया र दर्शकीय उत्साहले चलचित्रको व्यावसायिक सम्भावना बलियो देखिएको छ ।

सम्बन्धित खबर

भिडियो