पावर न्युज एक्सप्रेस, शिक्षा र स्वास्थ्य, समाचार, सुरक्षा, स्थानीय | सुकुम्बासी बस्ती खाली अभियानमा प्रहरीको कडाइ, एसएसपी थापा फिल्डमै सक्रिय

सुकुम्बासी बस्ती खाली अभियानमा प्रहरीको कडाइ, एसएसपी थापा फिल्डमै सक्रिय

सुकुम्बासी बस्ती खाली अभियानमा प्रहरीको कडाइ, एसएसपी थापा फिल्डमै सक्रिय

 

काठमाडौं जिल्लामा सुकुम्बासी बस्ती खाली गराउने सरकारी अभियानलाई प्रभावकारी बनाउन प्रहरी प्रशासन सक्रिय रूपमा परिचालित भएको छ । सोही क्रममा काठमाडौं प्रहरी परिसरका प्रमुख एसएसपी रमेश थापाको नेतृत्वमा सुरक्षा व्यवस्थालाई थप कडाइका साथ कार्यान्वयन गरिएको छ ।

एसएसपी थापा स्वयं बिहानदेखि बेलुकासम्म फिल्डमै खटिँदै आफ्नो टोलीसहित निरन्तर अनुगमन गरिरहेका छन् । उनले अभियानका क्रममा कुनै पनि अवाञ्छित गतिविधि, मानविय दुर्घटना वा अधिकारको दुरुपयोग हुन नदिन विशेष सतर्कता अपनाउन निर्देशन दिएका छन् । प्रहरीको उपस्थिति र निगरानीका कारण अभियान तुलनात्मक रूपमा व्यवस्थित र शान्तिपूर्ण रूपमा अघि बढिरहेको जनाइएको छ ।

प्रहरी स्रोतका अनुसार, बस्ती खाली गराउने कार्य संवेदनशील विषय भएकाले स्थानीय बासिन्दासँग समन्वय, संवाद र संयमता अपनाएर अघि बढ्न जोड दिइएको छ । यस क्रममा संभावित तनावलाई न्यूनीकरण गर्दै सुरक्षा सुनिश्चित गर्नु प्राथमिकतामा राखिएको छ ।

एसएसपी थापाको सक्रियता र नेतृत्वलाई स्थानीय तह तथा सर्वसाधारणले सकारात्मक रूपमा लिएका छन् । उनको निरन्तर खटाइ र जिम्मेवारीप्रतिको प्रतिबद्धताले काठमाडौंको सामाजिक सुरक्षा र व्यवस्थापनमा सुधार आउने विश्वास व्यक्त गरिएको छ ।

सम्बन्धित खबर

भिडियो