पावर न्युज एक्सप्रेस, समाचार | लायन्स क्लब काठमाडौं इन्टरप्रेनर्ससिपद्वारा रक्तदान कार्यक्रम सम्पन्न

लायन्स क्लब काठमाडौं इन्टरप्रेनर्ससिपद्वारा रक्तदान कार्यक्रम सम्पन्न

लायन्स क्लब काठमाडौं इन्टरप्रेनर्ससिपद्वारा रक्तदान कार्यक्रम सम्पन्न
34579  पटक हेरिएको

काठमाडौं । लायन्स क्लब काठमाडौं इन्टरप्रेनर्ससिपको आयोजनामा मानवीय सेवाको भावनालाई आत्मसात गर्दै रक्तदान कार्यक्रम सफलतापूर्वक सम्पन्न भएको छ।

लायन अम्बिका तिमल्सिनाको समन्वय तथा त्रिभुवन विश्वविद्यालय रक्तसञ्चार तथा अनुसन्धान केन्द्रको प्राविधिक सहयोगमा सम्पन्न उक्त कार्यक्रममा नीवर्तमान माननीय माधव सापकोटा, विभिन्न सामाजिक व्यक्तित्व तथा सर्वसाधारण नागरिकहरूले उत्साहपूर्वक रक्तदान गर्नुभएको थियो।

रक्तदान जीवनदान भन्ने सन्देशलाई आत्मसात गर्दै आयोजित कार्यक्रममा १६ जना रक्तदाताबाट रगत सङ्कलन गरिएको आयोजकले जनाएको छ। कार्यक्रममा लायन्स क्लब काठमाडौं इन्टरप्रेनर्ससिपका प्रेसिडेन्ट लायन भरत कोइराला, भाइस प्रेसिडेन्ट लायन राजन अधिकारी अभिनेता अमित ढुङ्गाना तथा अग्रज लायन लिडरहरूको गरिमामय उपस्थिति रहेको थियो।

कार्यक्रममा सहभागी वक्ताहरूले नियमित रक्तदानले बिरामीहरूको जीवन बचाउन महत्वपूर्ण योगदान पुग्ने उल्लेख गर्दै आगामी दिनमा पनि यस्ता सामाजिक तथा मानवीय सेवामूलक कार्यक्रमलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरेका थिए।

रक्त अभाव न्यूनीकरणमा सहयोग पुर्‍याउने उद्देश्यले आयोजित यस कार्यक्रम सफल बनाउन सहयोग गर्ने सम्पूर्ण रक्तदाता, प्राविधिक टोली तथा प्रत्यक्ष–अप्रत्यक्ष रूपमा सहयोग गर्ने सबैप्रति आयोजकले हार्दिक धन्यवाद व्यक्त गरेको छ।

सम्बन्धित खबर

भिडियो