पावर न्युज एक्सप्रेस, समाचार | ​यातायात कार्यालय कलैयामा पत्रकारमाथि कार्यालय प्रमुखकै कार्यकक्षमा कुटपिट, सिसिटिभी भिडियो बाहिरिएपछि आक्रोश ​कलैया

​यातायात कार्यालय कलैयामा पत्रकारमाथि कार्यालय प्रमुखकै कार्यकक्षमा कुटपिट, सिसिटिभी भिडियो बाहिरिएपछि आक्रोश ​कलैया

​यातायात कार्यालय कलैयामा पत्रकारमाथि कार्यालय प्रमुखकै कार्यकक्षमा कुटपिट, सिसिटिभी भिडियो बाहिरिएपछि आक्रोश ​कलैया
25870  पटक हेरिएको

 

बारा- यातायात व्यवस्था कार्यालय कलैया, बारामा एकजना स्थानीय पत्रकारमाथि कार्यालय प्रमुखकै नेतृत्वमा कुटपिट भएको सनसनीपूर्ण घटना सार्वजनिक भएको छ। कुस दैनिकका सञ्चालक समेत रहेका स्थानीय पत्रकार अरुण कुशवाहामाथि कार्यालय प्रमुखकै कार्यकक्षमा कुटपिट भएको दृश्य कार्यालयकै सिसिटिभी (CCTV) फुटेजबाट बाहिरिएपछि यो घटना सार्वजनिक भएको हो।

​कार्यालय प्रमुख आफैं कुटपिटमा संलग्न सार्वजनिक भएको सिसिटिभी भिडियोमा यातायात कार्यालय कलैयाका प्रमुख चिन्तन आचार्यले आफैं आफ्नो कुर्सी (चेयर) बाट जुरुक्क उठेर आएर पत्रकार अरुण कुशवाहामाथि कुटपिट गरिरहेको प्रष्ट देखिन्छ। घटना हुँदाकै बखत कार्यकक्षमा ट्राफिक प्रहरीका वरिष्ठ नायब निरीक्षक (सई) र ट्राफिक प्रहरी हवलदार समेत उपस्थित रहेका थिए। सुरक्षाकर्मीकै उपस्थितिमा कार्यालय प्रमुखले कानुन हातमा लिएर “धाँधली शैली” मा कुटपिट गरेको दृश्य अत्यन्तै निन्दनीय रहेको र यसले सुरक्षा निकायको भूमिकामाथि पनि प्रश्न उठाएको स्थानीयको भनाइ छ।
​’डन’ शैलीमा कार्यालय सञ्चालन गरेको आरोप
​स्थानीय सेवाग्राहीका अनुसार कार्यालय प्रमुख चिन्तन आचार्यले कलैया यातायात कार्यालयको जिम्मेवारी सम्हालेदेखि नै अराजक र ” धादलिङ/डन” पाराले कार्यालय सञ्चालन गर्दै आएका थिए।
​त्यस्तै, कार्यालयका सूचना अधिकारी मुकेश कुशवाहामाथि पनि गम्भीर आरोप लागेको छ। सूचना अधिकारीको जिम्मेवारी पाएको दिनदेखि नै उनले सेवाग्राही र सरोकारवालाहरूसँग पारदर्शी व्यवहार गर्नुको साटो ‘डन’ जस्तै धाँधली र अभद्र शैलीमा प्रस्तुत हुने गरेको स्थानीयले गुनासो गरेका छन्।
​दोषीलाई कारबाहीको माग र सर्वसाधारणको आक्रोश
​पीडित पत्रकार अरुण कुशवाहालाई यसबारे थप बुझ्न र प्रतिक्रिया लिन ग्लोबल टेलिभिजन बारा सम्पदाता श्यामल कुमार गिरीले फोन सम्पर्क गर्दा उनको फोन रिसिभ नभएको बताएका छन् ।
​राज्यको जिम्मेवार ओहोदामा बसेका कार्यालय प्रमुख आफैंले सञ्चारकर्मीमाथि कार्यकक्षभित्रै भौतिक आक्रमण गर्नु प्रेस स्वतन्त्रता र कानुनी राज्यको उपहास भएको भन्दै चौतर्फी विरोध सुरु भएको छ। सार्वजनिक भएको अकाट्य सिसिटिभी प्रमाणका आधारमा सम्बन्धित माथिल्लो निकायको ध्यान आकर्षण हुनुपर्ने र दोषी कार्यालय प्रमुख चिन्तन आचार्य तथा सूचना अधिकारीमाथि तत्काल छानबिन गरी कडा कानुनी कारबाही गरिनुपर्ने माग स्थानीय सर्वसाधारण तथा पत्रकार सम्बद्ध संघसंस्थाहरूले गरेका छन्।

सम्बन्धित खबर

भिडियो