पावर न्युज एक्सप्रेस, समाचार | रोशी गाउँपालिका–१२ मा २१ दिने बारिस्टा तालिम सम्पन्न, इनाेभेटिभ हस्पिटालिटी म्यानेजमेन्टको समन्वय

रोशी गाउँपालिका–१२ मा २१ दिने बारिस्टा तालिम सम्पन्न, इनाेभेटिभ हस्पिटालिटी म्यानेजमेन्टको समन्वय

रोशी गाउँपालिका–१२ मा २१ दिने बारिस्टा तालिम सम्पन्न, इनाेभेटिभ हस्पिटालिटी म्यानेजमेन्टको समन्वय
10900  पटक हेरिएको

 

काभ्रे । काभ्रेपलाञ्चोकको रोशी गाउँपालिका वडा नं. १२ को आयोजनामा सञ्चालन गरिएको युवा लक्षित २१ दिने बारिस्टा तालिम सफलतापूर्वक सम्पन्न भएको छ।

स्थानीय युवाहरूलाई सीपमूलक तालिममार्फत स्वरोजगार तथा रोजगारीका अवसर सिर्जना गर्ने उद्देश्यले सञ्चालन गरिएको उक्त तालिममा २० जना युवायुवतीहरूको सहभागिता रहेको थियो।

तालिमको समापन कार्यक्रम आइतबार सम्पन्न भएको हो। गाउँपालिका अध्यक्ष दिनेश लामाले युवाहरूलाई व्यावसायिक तथा सीपमूलक शिक्षा प्रदान गरी आत्मनिर्भर बनाउने उद्देश्यका साथ यस्ता तालिमहरूलाई आगामी दिनमा समेत निरन्तरता दिइने बताउनुभयो।

उक्त बारिस्टा तालिमको प्राविधिक समन्वय तथा व्यवस्थापन इनोभेटिभ हस्पिटालिटी म्यानेजमेन्ट ट्रेनिङ सेन्टर, बनेपा ले गरेको थियो। आतिथ्य तथा होटल व्यवस्थापन क्षेत्रमा दक्ष जनशक्ति उत्पादन गर्दै आएको संस्थाले तालिममा सहभागीहरूलाई व्यावहारिक र गुणस्तरीय प्रशिक्षण प्रदान गरेको जनाएको छ।

तालिमका क्रममा सहभागीहरूलाई कफी तयारी, विभिन्न पेय पदार्थ निर्माण, ग्राहक सेवा, कफी मेसिन सञ्चालन तथा कफी व्यवसाय व्यवस्थापनसम्बन्धी व्यावहारिक ज्ञान र सीप प्रदान गरिएको थियो।

इनोभेटिभ हस्पिटालिटी म्यानेजमेन्ट ट्रेनिङ सेन्टरका प्रतिनिधिले यस्ता सीपमूलक तालिमले युवाहरूलाई होटल, रेस्टुरेन्ट, क्याफे लगायतका क्षेत्रमा रोजगारी प्राप्त गर्न तथा आफ्नै व्यवसाय सञ्चालन गर्न महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरेका छन्।

तालिम सम्पन्न भएसँगै सहभागी युवाहरूले प्राप्त सीपलाई व्यावसायिक रूपमा उपयोग गर्दै स्वरोजगार तथा रोजगारीका नयाँ अवसर सिर्जना गर्ने अपेक्षा गरिएको छ।

सम्बन्धित खबर

भिडियो